अाफ्नो गाउँलाई छाउपडीमुक्त बनाउँदै महिला


प्रकाशित मिति :2016-12-11 09:05:03

महिला खबर

chhau-3

जुम्ला । जुम्लाको लाम्रा गाबिस वडा नं ६ र ७ स्थित हियाखोला सामुदायिक संस्था र बाईस्थाप्ला सामुदायिक संस्थाका ७० घरधुरीले  छाउपडीमुक्त गाँउ घोषणा गरेका छन्

स्थानीय हियाँखोला गाउँका महिलाको अगुवाइमा  गाउँलाई छाउपडीमुक्त घोषणा गरिएको हो । हियाँखोला तथा बाइस्थाप्ला सामुदायिक संस्थामा आबद्ध ७० घरधुरीका महिलाको अगुवाइमा यो गाउँ छाउपडीमुक्त घोषणा गरिएको छाउपडीमुक्त मूल आयोजक समितिका अध्यक्ष देवीकन्या आचार्यले जानकारी दिनुभयो । यो कुप्रथाबाट सिर्जित समस्याले महिला नै बढी पीडित भएकाले यसबाट मुक्ति पाउन छाउमुक्त गाउँ घोषणा गरिएको उहाँले बताउनुभयो ।

“हिजो गोठमा बस्थ्यौँ, आज घरमा बस्ने भएका छौँ, यो घोषणाले झनै हामीलाई बलियो बनाएको छ” – खुसी व्यक्त गर्दै माया कामीले भन्नुभयो । रुप्सी न्यौपानेले यहाँका महिलाले रोग, शोक र अपहेलनाबाट मुक्ति पाएको बताउनुभयो । उहाँले लाम्रा गाविस, एक्सन वक्र्स, क्याड नेपाल, बि–ग्रुप सर्वोदय नेपालले पाँच वर्षदेखि सञ्चालन गरेको सचेतनामूलक कार्यक्रमले महिलालाई यो कामका लागि प्राेत्साहन मिलेको बताउनुभयो ।

लाम्रा गाविस सचिव सुरतबहादुर रावतले महिलाको अगुवाइमा नमुना कार्य भएको भन्दै सबै अगुवा महिलालाई धन्यवाद दिनुभयो ।

स्वास्थ्य चौकी इञ्चार्ज गुरुप्रसाद चौलागार्इंले घोषणा कार्यक्रमलाई जीवन्त राख्न सबैले लाग्नुपर्नेमा जोड दिनुभयो ।
स्थानीय राजनीतिक दल, एक्सन वक्र्स, बि–ग्रुप÷सर्वोदय नेपालको सहभागितामा विधिवत् रुपमा हियाँखोलालाई छाउपडीमुक्त गाउँ घोषणा गरिएको एक्सन वक्र्स नेपाल, जुम्लाका जिल्ला संयोजक केशव धितालले जानकारी दिनुभयो ।

तस्बिर सवै राधा पाैडेलकाे फेसबुकबाट

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: