कमलरीलाई योजनावद्ध ढंगले अधिकारविहीन बनाइयो


प्रकाशित मिति :2016-12-11 12:30:45

महिला खबर

juri

काठमाडौं । सभासद रुक्मिणी चौधरीले राजनीतिक दलहरूले योजनावद्ध रुपमा कमलरीलाई अधिकारविहीन बनाएको बताउनुभएको छ । कमलरी प्रथा उन्मुलनका सम्बन्धमा अदालतले गरेका फैसलाहरूको कार्यान्वयन सम्बन्धमा शुक्रवार जुरीले आयोजना गरेको गरेको ‘फैसला निगरानी सभा’ विषयक कार्यक्रममा सभासद चौधरीले मोहीयानी हक सम्बन्धी ऐन आएपछि राजनीतिक दलका नेताले कमलरीले अधिकार पाउलान् भनी जानाजान र हतारमा मुक्त कमैया घोषणा गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘खेत जोत्ने कमलरीले आधा खेत पाउलान् भन्ने डरले नेताहरूले हतारमा कमलरी मुक्त भएको घोषणा गरे, यस्तो नहुँदो हो त कमलरीका निम्ति आवश्यक व्यवस्था पहिल्यै किन गरिएन ?’ उहाँका अनुसार शहरी क्षेत्रका ठुलाठालुका घरमा अझैपनि कमलरी राख्ने चलन कायमै छ, तर पहुँच नपुगेकोले उनीहरूलाई कारवाहीको दायरामा ल्याउन सकिएको छैन ।

कार्यकममा अधिवक्ता खुशी प्रसाद थारुले कमैया श्रम निषेध सम्बन्धी फैसलाहरूको कार्यान्वन सम्बन्धमा एक कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रबारे बोल्दै अधिवक्ता थारुले खासगरि कमलरीको विषय लैंगिक न्याय र आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरण सम्बन्धी विषय भएकोले उनीहरूको पक्षमा भएका फैसला कार्यान्वयन गर्न विभिन्न समस्या देखिएको बताउनुभयो । यसो हुनुको कारणमा अदालतको आदेश, परमादेश एकातिर र कार्यान्वयन गर्ने निकाय अर्कोतिर भएको उहाँको बुझाई छ ।

यसैगरि, जुरी नेपालका अध्यक्ष अधिवक्ता राजु चापागाईंले अदालतको फैसलाले पीडितको सामाजिक, आर्थिक अधिकारमा ठुलो परिवर्तन ल्याउने भएपनि फैसला कार्यान्वयन नहुँदा कमलरीहरू उल्टै आधारभूत अधिकारबाट समेत वञ्चित भइरहेको बताउनुभयो ।

कार्यक्रममा सहभागी पूर्व मुक्त कमलरी तथा दाङका कमलरी अभियन्ता उर्मिला चौधरीले कमलरीहरू बेपत्ता हुँदा, हत्या गरिंदा तथा कुमारी आमा बनेर बालबच्चा स्याहारिरहँदा समेत सरकार मुक दर्शक बनिरहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘कमलरी मुक्त भयो भनियो, तर हाम्रा समस्याहरु जस्ताको तस्तै छन् । हामीलाई कागजमा होइन, व्यवहारमान्याय चाहिएको छ ।’कमलरीको समस्या महिला वा थारुको मात्र भएको मान्ने प्रवृति कायम भइरहेको भन्दै उहाँले अन्य समुदायलाई पनि यसबारे आवाज उठाउनआग्रह गर्नुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: