घरभित्र गरिने सम्बोधनबाट शुरु भएको छ विभेद


प्रकाशित मिति :2016-12-11 12:51:47

महिला खबर

sancharika-pkra
पोखरा । घर भित्र श्रीमान र श्रीमतीबीच हुने तँ र तपाँइ भन्ने संस्कारले नै महिलामाथिको विभेद र हिंसालाई बढावा दिइरहेको एक अन्तरक्रिया कार्यक्रमका सहभागीले बताएका छन् ।

संचारिका समूह पश्चिमाञ्चलद्वारा लैगिंक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा आयोजित हिंसारहित समाजमा पुरुषको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले घर भित्रैबाट संस्कारका नाममा महिलामाथि शब्दबाटै विभेद भइरहेको भन्दै अबको परिवर्तन घरबाटै शुरु गर्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै सचेतना समाज नेपालका संयोजक एवं अधिवक्ता सुरेन्द्र थापा मगरले महिलाको सम्मान गर्न नसक्ने पुरुषकोे शासक मानसिकताले नेपाली समाजलाई कलंकित पारेको बताउनुभयो । समतामुलक समाजका लागि घरभित्रबाट महिलाको आत्म सम्मानलाई ध्यान दिएर सहअस्तिवमा जोड दिन सके हिंसा कम हुने उहाँको भनाइ थियो ।

‘महिलाहिंसाविरुद्ध पुरुषले निसंकोच आवाज उठाएर आफैबाट परिवर्तनको शुरु गरे हिंसाको अन्त्य हुन्छ ’ थापाले भन्नुभयो । यसैगरी अर्का वक्ता पृथ्वी नारायण क्याम्पस समाजशास्त्र मानवशास्का सह प्राध्यापक शान्ता भुषालले पुरुष वर्गले आफ्नो स्वार्थ र मनोरञ्जनको रुपममा मात्रै महिलालाई हेर्ने, प्रथा र परम्पराका नाममा भएका कुसंस्कारलाई पुरुषले अस्विकार नगरेसम्म हिंसा नरोकिने बताउनुभयो ।

महिला जतिनै नेतृत्व तहमा पुगेपनि उनीहरूको निर्णायक अधिकारलाई सँधै पुरुषले आफूतिरै खिचेर महिलालाई अधिकारविहीन बनाएको उहाँको भनाइ थियो । ‘महिलालाई स्वचालित हुन दिइएन र संचालित बनाइयो, पुरुषले महिलाको सहनशिलता र धैर्यताको लगाम आफू तिर खिचेर राज गरिरहे ।’

महिला भएकै कारण सक्षम र क्षमतावान हुँदा हुँदै पनि विभिन्न वहानामा अवसरबाट बञ्चित गराईको तितो अनुभव सुनाउँदै भुषालले शक्तिको आडमा महिलामाथि हुने हिंसा डरलाग्दो भएको बताउनुभयो ।

प्रस्तुत विचारमाथि टिप्पणी गर्दै पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले समाज परिवर्तनको मोडतर्फ उन्मुख भएको भन्दै महिलाहरू स्वयम् शिक्षित र क्षमतावान हुँदै अघि बढे हिंसा कम हुने बताउनुभयो । उहाँले आफू सँधै सामाजिक न्याय स्थापनाका लागि प्रतिवद्ध रहेको बताउनुभयो । नागरिक समाज पोखराका संयोजक राम बहादुर पौडेलले हिंसा न्यूनिकरणकालागि अभिभावकको भूमिका निर्वाह गरेको बताउनुभयो । शुरु आफैबाट गर्न सके समाज परिवर्तन हुने उहाँको भनाइ थियो । बानका केन्द्रिय उपाध्यक्ष रमेश पौडेलले २१ औं शताब्दिमा पनि महिलालाई कमजोर बनाएर आफूलाई बलवान् सम्झने पुरुष मानसिकता त्याग्न नसक्दा पुरुष स्वयम्लाई असर पारेको बताउनुभयो ।

त्यसैगरी पत्रकार महासंघका केन्द्रिय सदस्य सुस्मा पौडेलले पुरुषको सोचमा सकारात्मक परिवर्तन आउन सके महिला हिंसा कम हुने बताउनुभयो । अधिवक्ता एवं पत्रकार दुर्गा भण्डारीले महिला अधिकारका उपलब्धिलाई संस्थागत गर्न न्यायिक दृष्टिकोणको खाँचो रहेको बताउनुभयो । कार्यक्रमका सामाजिक अभियन्ता अञ्जु क्षेत्री, नाटा पश्चिमाञ्चल सदस्य कमला गिरी, स्वयमसेवी मानव अधिकार रक्षक संजालका संयोजक तारामाया थापा, प्रेस सेन्टर नेपालका सचिव गोमा घिमिरे लगायतका सहभागीले महिला विनाको समाज परिकल्पना गर्न नसकिने भन्दै आफ्नो भुमिका जिम्मेवारी र दायित्वलाई मनन गरेर एक अर्काको आत्मसम्मानमा जोड दिन सके हिंसा कम हुने बताए ।
संचारिका समूह पश्चिमाञ्चलकी अध्यक्ष जमुना वर्षा शर्माले हिंसारहित समाजमा पुरुषको भूमिका भाषणमा भन्दा व्यवहारमा देखिनु पर्ने भन्दै प्रभावकारी भूमिकाको खोजी आजको आवश्यकता भएको बताउनुभयो ।

प्राइम बहुउद्देश्य सहकारी संस्थाको समन्वयमा आयोजित सो कार्यक्रमको संचालन संचारिका समुह पश्चिमाञ्चलकी महासचिव कविता श्रेष्ठले गर्नु भएको थियो भने उपाध्यक्ष विमला भण्डारीले धन्यवाद ज्ञापन गर्नु भएको भयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: