प्रधानाध्यापक हुन मान्दैनन् महिला


प्रकाशित मिति :2016-12-11 13:49:56

सर्मिला बुढाथोकी

 खारे माविमा प्रधानाध्यापकको पद बहाली गर्दै महिला शिक्षक ।

खारे माविमा प्रधानाध्यापकको पद बहाली गर्दै महिला शिक्षक ।

दोलखा । दोलखा जिल्लामा रहेका विद्यालयमा महिला प्रधानाध्यापकको संख्या अन्त्य न्युन रहेको छ । जिल्ला शिक्षा कार्यालय दोलखाको पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा रहेका विद्यालयमा एकतिहाइ महिला पनि प्रधानाध्यापकको रुपमा कार्यरत रहेको पाईएको छैन ।

जिल्ला शिक्षा कार्यालय दोलखाका जिल्ला शिक्षा अधिकारी नारायणकाजी कासिछवा योग्यता र क्षमताको आधारमा अहिले पुरुषको तुलनामा महिला पनि बराबरी अवस्थामा भएपनि घरको काम समेत भ्याउनु पर्ने भएकोले रोलक्रममा प्रधानाध्यापक बन्ने अवसर हुँदाहुँदै पनि कतिपय महिला स्वयंले पद अस्वीकार गर्ने गरेको बताउनुहुन्छ ।

‘प्रधानाध्यापक हुँदा अध्यापनको अलवा समुदायमा बिभिन्न काम समेत गर्नुपर्ने हुन्छ, जिल्ला शिक्षा अधिकारी कासिछवाले भन्नुभयो – महिलाले घरको काम समेत गर्नु पर्ने बाध्यताले प्रधानाध्यापक पद अस्वीकार गरेको समेत पाईएको छ ।’ जिल्ला शिक्षा अधिकारी कासिछवा विगतमा शिक्षा क्षेत्रमा महिलाको प्रवेशनै कम भएकोले पनि प्रधानाध्यापकको रुपमा महिलाको संख्या न्यून देखिएको बताउनु हुन्छ ।

दोलखा जिल्लामा रहेका ४१ वटा उच्च माध्यामिक विद्यालय, ४३ वटा माध्यामिक विद्यालय, ७१ वटा निम्न माध्यामीक विद्यालय र २ सय १६ वटा प्राथमिक विद्यालय गरी ३ सय ७१ वटा सामुदायिक विद्यालय मध्ये माध्यामिक विद्यालयमा ३, निम्न माध्यामिक विद्यालयमा ३ र प्राथमिक विद्यालयमा ५५ गरी ६१ वटा विद्यालयमामात्र महिला प्रधानाध्यामक रहेको जिल्ला शिक्षा कार्यालय दोलखाले जनाएको छ । दोलखा जिल्लामा रहेको ४१ वटा माध्यामिक विद्यालय मध्ये जन प्रभात मावि झुले, देवी मावि बोच र खारे मावि खारेमामात्र महिला प्रधानाध्यामक रहेका छन् ।

त्यसैगरी जिल्लामा रहेको ३६ वटा संस्थागत विदालयमध्य ५ वटामामात्र महिला प्रधानाध्यापक रहेको जिल्ला शिक्षा कार्यालय दोलखाको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा ११ वटा क्याम्पस सञ्चालनमा रहेको भएपनि कुनै पनि क्याम्पसमा महिला क्याम्पस प्रमुख छैनन् । त्यसैगरी ४ वटा प्राविधिक शिक्षालयमा पनि महिला प्रमुख नभएको जिल्ला शिक्षा कार्यालय दोलखाले जनाएको छ ।

अहिले माध्यामीक तहमा महिला शिक्षक कम नै भएपनि निमाव र प्रावि तहमा झण्डै ४० प्रतिशत महिला शिक्षक भै सकेकोले अवको केहि बर्षमा महिला प्रधानाध्यापकको संख्यामा समेत उल्लेख्य रुपमा बृद्धि हुने जिल्ला शिक्षा अधिकारी नारायणकाजी कासिछवा बताउनु हुन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: