महिला हिंसाविरुद्धको सोह्र दिनमा सत्रवटा उजुरी


प्रकाशित मिति :2016-12-11 14:34:05

महिला खबर
सिन्धुपाल्चोक । जिल्लामा महिला हिंसाविरुद्धको १६ दिने विशेष अभियान सञ्चालन भैरहँदा १७ वटा हिंसा पीडित महिलाले आफूहरू अन्यायमा परेको भन्दै उजुरी दर्ता गराएका छन् । दर्ता भएका सवै घटना घरेलु र लैङ्गिक हिंसा रहेका छन् ।

अभियानको ११औ दिन वतासेकी एक पीडित महिला दुर्गा कुमारी कामीले अंश मुद्दा महिला विकास कार्यालयमा दर्ता गराएकी थिईन् । ‘म एक भूकम्प पीडित महिला हुँ, मेरो श्रीमान्ले कान्छि श्रीमती भित्र्याएपछि म छुट्टै वसेकी छु,’ उनको उजुरीमा भनिएको छ,‘भूकम्प पछिको बीस महिना त्रासै त्रास वोकेर टहरोमा वसेँ, पीडित अनुदानको पहिलो किस्ता पाएपछि घर वनाउने योजना त वनाएँ, तर श्रीमान्ले अंशनै दिएनन् ।’ उनले आफ्नै स्वामित्वमा घडेरी दिलाईदिन अनुरोध गरेकी छिन् ।

अभियानको १२ औं दिन जिल्लाकै विकट गाउ गोल्चेकी एक पीडित महिलाले आफूलाई श्रीमानले चरम पीडा दिएकोले न्याय दिलाउन अनुरोध गर्दै महिला विकास कार्यालयमा आईन् । ‘धेरै भयो श्रीमान्ले निरन्तर कुटने गरेको, ’ शरिरभरी निलडाम र घाउ वोकेर आएकी पीडित महिलाले रुदै भनिन्, ‘आफ्नो भन्नेले नै यातना दिएपछि कह जानु, कस्लाई भन्नु ? सहनै नसकेपछि न्याय माग्न आएको ।’

प्रमुख जिल्ला अधिकारीकै अध्यक्षतामा अभियानमा विविध कार्यक्रम भए । अभियानको औपचारिक सुरुवात र समापन कार्यक्रमको ब्यानरमा दर्जन वढी संस्थाको आयोजना तथा सहयोग देख्न पाईयो । तर औपचारिकता भन्दा वेगर अभियानको प्रभावकारिता खासै पाईएन । ‘राजधानीमा वसेर वनाईएको कार्यक्रमको ढाँचाले दुरदराजका समस्या समेटिदैन ।’ अभियानको औपचारिक समापनपछि एक गैह्र सरकारी संस्थाकी कर्मचारीले आफ्नो र अभियान सम्वद्ध अरु संस्थाले औपचारिक भन्दा अरु प्रभावकारी भूमिकामा नदेखिएको बताइन् ।

महिला विकास कार्यालयको सम्न्वयमा आयोजित समापन कार्यक्रममा एक दर्जन संघ संस्थाले १६ दिने अभियानमा आ आफ्नो कार्य विवरण प्रस्तुत गरेका थिए । प्रायः सवै संस्थाले सदरमुकाम र केही स्थानिय वजारमा ¥याली, सडक नाटक र अभिमुखिकरण गरेको जनाएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: