माननीयले नै छोराका लागि देउता भाक्न सुझाव दिए : स्वास्थ्य मन्त्री


प्रकाशित मिति :2016-12-11 16:03:15

महिला खबर

सिरहा। गएको प्रन्ध्र,बीस वर्षको दौरानमा धेरै सुत्केरी आमा र नवजात शिशुलाई जोगाएर नेपाल सरकारले प्रजनन् स्वास्थ्य क्षेत्रमा चमत्कारिक परिवर्तन गरेको स्वास्थ्य मन्त्री गगन थापाले बताउनुभएको छ। स्वास्थ्य मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र युएसएआईडी नेपालले संयुक्त रुपमा आयोजना गरेको स्मार्ट जीवन सामुदायिक मेलालाई सम्बोधन गर्दै मन्त्री थापाले परिवार नियोजन कार्यक्रम महिलाको अधिकारसँग जोडिएको, महिलाले आफ्नो शरीरको निर्णय आफैंले गर्न पाउने कुरासँग जोडिएको विषय भएकाले महत्वपूर्ण रहेको बताउनुभयो।

नेपालको संविधान दक्षिण एसियामा नै महिलाको अधिकारका लागि उत्कृष्ट रहेको उहाँको भनाइ थियो। उहाँले महिला अधिकारका कुरा गर्न सजिलो तर त्यही कुरालाई व्यवहारमा उतार्न नसकेको यथार्थ नेपाली समाजमा रहेको प्रष्ट पार्नुभयाे। संविधान लैख्दै गर्दा आफूमाथि भएको यथार्थलाई जोड्दै मन्त्री थापाले भन्नुभयो , ‘दोस्रो संविधान सभामा महिलाका अधिकार लेख्ने विषयमा छलफल भईरहेको थियो, मेरो दोस्रो बच्चा हुने समय भएकाले म केही दिनको बिदापछि संविधान सभा गएँ, सबै सभासदले सोधे छोरा भयो कि छोरी? मैले भनें छोरी, त्यसपछि धेरै सभासदले दोस्रो बच्चा पनि छोरी? भनेर आश्चर्य ब्यक्त गरे।’

संविधान सभामा महिलाकाे अधिकार लेख्दै गरेका माननीयहरूले चिन्ता नगर तेस्रो बच्चा पक्कै छोरा हुन्छ भनेर आफूलाई सम्झाउँदै र छोराको लागि सिद्ध बाबा र पाथीभरा भाकल गर्न सुझाव दिएको मन्त्री थापाले स्मरण गर्नुभयो।

‘हामी दम्पति हाम्रो दुई सन्तान छोरी भएकोमा खुशी थियाैं, तरपनि यस्ता विडम्बना छन् , यसलाई बदल्नुपर्छ , समय लाग्छ, तर असम्भव छैन’ उहाँले भन्नुभयो।

परिवार नियोजनका साधन प्रयोग, प्रजनन् स्वास्थ सुधार गर्ने काममा सिरहा जिल्लाले प्रगति गरिरहेको उहाँले बताउनुभयो। परिवार नियोजनको साधन प्रयोगमा पुर्वान्चलका १६ जिल्ला मध्ये सिरहा जिल्ला तेस्रो स्थानमा रहेका जानकारी कार्यक्रममा दिइएको थियो।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: