एघार महिनामा सात वलात्कार


प्रकाशित मिति :2016-12-11 16:30:03

महिला खबर
सुनसरी । ओखलढुंगामा सन २०१६ को ११ महिनामा सात वटा वलात्कारका घटना भएका छन्। ११ महिनामा बलात्कार ७, बलात्कार प्रयास ४, बोक्सीको आरोप १ हत्या ३ ज्यानमार्ने धम्की १ र महिलामाथि कुटपीटका २ र घरेलु हिंसाका ११ घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका प्रतिनिधि शिव ढुंगानाले जानकारी दिनुभयो।

नेपाल मानवअधिकार वर्ष पुस्तक २०१७ को पूर्व समिक्षा तथा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान क्रममा आयोजित कार्यक्रममा सो तथ्यांक दिईको हो।

कार्यक्रममा जिल्लामा व्यक्तिको मानवअधिकार परिवारका सदस्य र आफन्तबाटै जोखिममा रहेको सरोकारवालाले निचोड निकाले । कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष धीरेन्द्र रुम्दाली राईले परिवारबाटै लैंगिक हिंसा हुने गरेकाले नागरिक सचेतनाको आवश्यकतामा जोड दिनुभयो।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख मिलन केसीले मानवअधिकार हनन् र लैंगिक हि‌ंसाका उजुरीलाई सम्वेदनशील भएर हेरेको बताउनुभयो। निमित्त प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालले राज्यका निकायमा काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ भन्ने मानसिकता रहेपनि अधिकारकर्मीले अभियान चलाउने र वकालत गर्न छोड्न नुहनेमा जोड दिनुभयो।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: