महिला हिंसा नियन्त्रण गर्न प्रभावकारी संयन्त्र आवश्यक


सोह्र दिनमा २ सय ७१ जना महिलामाथि हिंसा

प्रकाशित मिति :2016-12-11 16:54:46

महिला खबर

काठमाडौं । घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्गिक हिंसारहित समाज भन्ने नाराका साथ मनाइएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा २७१ वटा महिला हिंसाका घटना भएको इन्सेकले जनाएको छ ।

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानका क्रममा २ सय ७१ जना महिला विभिन्न खालको हिंसाबाट पीडित भएको इन्सेकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो अवधिमा पाँच जना महिलाको परिवारजनबाट हत्या भयो । कथित बोक्सीको आरोपमा तीन जना, यौन दुव्र्यवहारमा दुई जना, नौ जना महिलामाथि बलात्कार तथा तीन जना महिलामाथि बलात्कार प्रयासका घटना भए । बहुविवाहका कारण चार जना, बालविवाहका कारण दुई जना, बेचबिखनको प्रयासका कारण तीनजना पीडित भएको इन्सेकले जनाएको छ ।

यो अवधिमा घरेलु हिंसाका २ सय ४२ वटा घटना भए । जिल्ला प्रहरी कार्यालय तथा त्यस मातहतका कार्यालयमा दर्ता भएका घरेलु हिंसासम्बन्धी अधिकांश घटनामा प्रहरीले मिलापत्र गराएको विज्ञप्तिमा जनाइएको छ । घरेलु हिंसा नियन्त्रण तथा सजाय ऐनमा रहेको मेलमिलापसम्बन्धी व्यवस्था अनुसार घरेलु हिंसाका घटनामा मिलापत्रलाई प्राथमिकता दिनुपरेको प्रहरी कार्यालयहरूले जनाए । ‘यो ऐनको कमजोरीको फाइदा उठाउँदै जघन्य खालका घरेलु हिंसाका घटनामा पनि मेलमिलाप गर्ने परिपाटी कायम रह्यो’ विज्ञप्तिमा भनिएको छ ।

कानुनी छिद्रलाई प्रयोग गरी पीडकलाई उन्मुक्ति दिने कार्य रोक्न सकिएन भने महिलामाथि हुने हिंसाका घटनामा कमी नआउने इन्सेकको भनाइ छ ।

घरेलु हिंसाका प्रकृति अनुरूप सजायको कानुनी प्रावधान तर्जुमा गर्नुपर्ने, कथित बोक्सीको आरोपमा भएको दुव्र्यवहारमा पीडकबाट प्राप्त जरिवाना पीडितलाई उपलब्ध गराउनुपर्ने र बलात्कार पीडित महिलालाई मनोसामाजिक परामर्शका साथै आवश्यकताअनुसार परिवार र समाजमा घुलमिल हुने वातावरण तयार गर्नुपर्ने सुझाव विज्ञप्तिमार्फत दिइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: