आफूवाट सुरु गरे महिला हिंसा अन्त्य हुन्छ : एमाले अध्यक्ष ओली


प्रकाशित मिति :2016-12-11 17:19:18

महिला खबर

nabina
ललितपुर । ‘जिन्दगीमा एउटा पनि महिला हिंसा गरिनँ, एक थप्पड बहिनीलाई हानिनँ ,एक वचन कुनै चेलीलाई कडा शब्द बोलेर अपमानित गरिनँ, गाली गरिनँ अथवा कसैमाथि महिला हिंसा गरिनँ,त्यो व्यक्ति म हो’ नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यसो भनिरहँदा पदमकन्या क्याम्पसको चौर ताली र हाँसोले गुन्जयमान भयो ।

एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले आईतवार पद्मकन्या क्याम्पसमा महिला हिंसा अन्त्यका लागि साझा प्रतिवद्वता,संविधान कार्यान्वयका लागि राष्ट्रिय एकता विषय विचार गोष्ठिमा अध्यक्ष ओलीले आफूले आजसम्म कुनै चेलीमाथि हिंसा नगरेको र महिलामाथि हुने हिंसा रोक्न आफूवाट सुरु गर्नुपर्ने वताउनुभएको हो ।

‘कति पुरुषले अहिलेसम्म महिला हिंसा गरेको छैन भनेर भन्न सक्ने वातावरण आफैवाट सुरु गर्नुभएको छ ? कतिले भन्न सक्नुहुन्छ म महिलालाई कुनै प्रकारको हिंसा गर्दिनँ भनेर ?’ ओलीको प्रश्न थियो ।

‘घरमा दिदीबहिनी, भाउजु, आमा, छोरीलाई सम्मान गर्ने सक्यौं भने समाजमा महिला हिंसाको अन्त्य हुन्छ । त्यसैले म आफूले महिलामाथि हिंसा गर्दिनँ भन्न सक्नुपर्दछ’ उहाँले थप्नुभयो ।

नेपालमा महिलाले सहभागिताका लागि गरेको ठुलो संघर्षका कारण तीनवटा उच्च पदमा महिला रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो ‘महिलालाई समावेश गर्ने होइन, वरावरीको हक दिनुपर्छ, समावेशी भनेको उनीहरूलाई त अलिअलि मात्र समावेश गर्ने बाँकी आफै पुरुष बस्ने गर्छन्, त्यसैले उनीहरूको माग त वरावरीको हक हो, उनीहरूलाई वरावरीको हक दिनुपर्दछ ।’

कार्यक्रममा मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले महिलामाथि हुने हिंसाले पुरुषलाई असर गरेको वताउनुभयो । ‘५१ प्रतिशत महिला दुःखी हुँदा पुरुष कसरी खुसी हुन सक्छ ? महिलामाथि हुने हिंसाले पुरुषलाई असर पारेको छ, महिला हिंसाको मुद्दा सबै राजनैतिक दलले एजेण्डा बन्नुपर्छ’ सदस्य अन्सारीले भन्नुभयो ।

उहाँले संविधानले वशंको रुपमा महिलालाई स्वीकार ग¥यो, तर अशंको रुपमा स्वीकार नगर्दा आमाको नामवाट नागरिकता दिन नसकेको वताउनुभयो ।नेपाली काँग्रेसका नेता पुष्पा भुसालले महिलाले आफ्ना अधिकार क्रान्ति र आन्दोलनवाट प्राप्त गरेको वताउनुभयो । समाजको संरचना महिलामैत्री नभएकाले अझै महिलाले संघर्ष गर्नु परेको उहाँको भनाइ थियो ।

कार्यक्रममा नेताहरूले संविधानमा लेखिएका कुरा कार्यान्वय भएमात्र महिला हिंसाको अन्त्य कुरामा जोड दिए । सो कार्यक्रममा एसिड आक्रमण पीडित सगिंता थापामगरलाई अध्यक्ष केपी शर्मा ओलीले प्रशंसा पत्र दिनुभएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: