स्थानीय निर्वाचनमा महिलालाई समान अवसर हुनुपर्छ


प्रकाशित मिति :2016-12-12 10:46:34

ज्ञानु पंगेनी

img_20161211_125043

नवलपरासी । अब हुने स्थानीय निर्वाचनमा महिलालाई समान अवसर दिनुपर्ने सासंद शान्ता मानवीले बताउनु भएको छ । महिला असक्षम भएको भन्दै निर्वाचनमा महिलालाई अघि सर्न नदिने परिपाटी अझै हाम्रो समुदायमा रहेकाले राजनीतिमा महिला सहभागिता न्युन रहेको उहाँले बताउनुभयो ।

हिमाल पहाड र तराईका महिलालाई सशक्त बनाई अबको स्थानीय निकायको निर्वाचनमा महिलालाई अग्र पङ्क्तीमा ल्याउनुपर्ने उहाँको जोड थियो ।

अखिल नेपाल महिला संघ नवलपरासीको आयोजनामा आईतवार कावासोतीमा भएको महिला हिंसाविरुद्ध आयोजित अन्र्तसम्वाद कार्यक्रममा बोल्दै सांसद मानवीले महिला अधिकार र स्वतन्त्रताका कुरा मात्रै गरेर बस्ने समय नहरेको भन्दै सबै महिलाले अध्ययन र सक्षम बन्दै आफ्नो स्थान आफैले सुरक्षित गर्न आग्रह समेत गर्नुभयो । । उहाँले अब महिला उत्पादनशील क्षेत्रमा लाग्नुपर्ने आवश्यकता रहेको औंल्याउनुभयो । आर्थिक अवस्था दह्रो भएपनि महिला हिंसामा कमी आउने भएकाले महिलाहरू आत्मनिर्भर बन्नतर्फ अग्रसर हुन उहाँको आग्रह थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: