मौरीपालनबाट आत्मनिर्भर बन्दै लोपोन्मुख हायु महिला


प्रकाशित मिति :2016-12-12 11:56:25

अप्रिल अधिकारी

हायु गाउँमा पुगेका सरकारी कार्यालयका प्रमुखलाई फुलमालाका साथमा दुध र महको सगुनको स्वागत ।

हायु गाउँमा पुगेका सरकारी कार्यालयका प्रमुखलाई फुलमालाका साथमा दुध र महको सगुनको स्वागत ।

रामेछाप । लोपोन्मुख हायु समुदायका महिला यतिबेला आधुनिक व्यवसाय तर्फ लागेका छन् । रामेछाप नगरपालिकाका पाँच वादी र सात मुढाजोरका हायु महिला यतिबेला मौरीपालन व्यवासयतर्फ आकर्षित बनेका हुन् ।

सुख्खाग्रस्त क्षेत्रका यी महिलाले सानो लगानीमा गर्न सक्ने मौरीपालन व्यवसाय थालेका हुन् । न्यून आयस्तर रहेको हायु समुदायका महिला महको ठूलो संभावना देखर यो व्यवसायमा लागेको बताउँछन् । ‘खेतीपाती र पशुपालनबाट सामान्य आम्दानी भएतापनि खटाइ बढी हुने, तर मौरी पालनामा संरक्षण र चरन व्यवस्थापन गरेको भरमा फाइदा लिन सकिने रहेछ त्यसैले यो व्यवसायमा लागेका हौं’ सरस्वती हायु भन्छिन् ।

‘श्रीमान अशक्त हुनुहुन्छ सबै काम आफै गर्छु र पनि तीन महिनामा तीन हजार रुपैयाँको मह बिक्री गरें’ उनले बताइन् । अन्य व्यावसाय गर्न खोजेर पनि असफल बनेका महिला यतिबेलामा मौरीपालनबाट राम्रो फाइदा लिन सकिने रहेछ भन्दै मौरीको स्याहारमा जुटेका छन् ।

युएनडीपी अन्तरगतको उद्यम तथा जीवीकोपार्जनका लागि द्रुत सुधार परियोजनको आर्थिक सहयोगमा रामेछाप नगरपालिकाका पाँच र सात नम्बर वडाका ८० घरधुरीलाई सेरेना जातको मौरी सहित प्रति घर ५ वटा घारका दरले ४ सय घार वितरण गरिएको थियो ।

घर वरपर राखिएका मौरीका घार

घर वरपर राखिएका मौरीका घार

परियोजनाले तालिम, मौरी पालनका लागि आवश्यक सामग्री र मौरीसहितका घारका लागि करिव ३८ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको थियो । ८० मध्ये ६० घार महिलालाई वितरण गरिएको थियो । सुरुमा घार लिँदा कसरी होला र भन्ने लागेको थियो, तर पछि राम्रो फाइदा भएपछि सबै महिलाको आकर्षण मौरीपालनमा रहेको हायु समाजका केन्द्रिय अध्यक्ष समेत रहेका स्थानीय धनबहादुर हायुले बताए । मौरी त संस्थाले सहयोग ग¥यो, तर के बस्ला र भागी हाल्छ भन्ने सोचेका महिलाहरू मौरी गाउँ भित्रिएको केही समयमा मह काढेर गुलियो हात चाट्दै प्रति कुरुवा सात सयका दरले गाउँबाटै बिक्री हुन थालेपछि भने दंग छन् ।

मौरीपालनलगायतका अन्य सबै काममा घरका पुरुषले समेत सघाउने गरेको स्थानीय धनबहादुर हायु बताउँछन् । अव उनीहरूलाई सक्रिय बनाइ जीवनस्तर माथि उठाउनुपर्छ भनेर पुरुष र महिला सँगै हातेमालो गरेर अघि बढेको उनले बताए । उचित शिक्षा पाउन नसकेका कारण जनचेतनामा कमी रहेको हायु महिलामा पहिलाका तुलनामा अहिले धेरै परिवर्तन आएको र आर्थिक विकासका लागि व्यवसायतर्फ लम्कन प्रयास गरिरहेको उद्यम विकास सहजकर्ता दिपा बरालले बताइन् । पहिले पहिले गुजाराका लागि अरुकोमा ज्यालादारी काम गर्न जाने महिला अहिले आफैले व्यावसायमा गरेर आत्मनिर्भर बनेका हुन् । लोपोन्मुख हायु समुदायको जीवनस्तर माथि उकास्न जिल्ला लघु उद्यम संघ लागि परेकाले युएनडीपीको सहयोगमा यो कार्यक्रम संचालन गरिएको संघका अध्यक्ष गुन्ज कार्की बताउँछन् ।

गाउँमा पुगेका पाहुनालाई मौरीपालनबाट भएको फाइदा बताउन जम्मा भएका हायु समुदायका महिला

गाउँमा पुगेका पाहुनालाई मौरीपालनबाट भएको फाइदा बताउन जम्मा भएका हायु समुदायका महिला

मौरी पालनका लागि उपयुक्त हावापानी र उचित चरनको समेत व्यवस्था रहेकाले उक्त ठाउँमा मौरीपालन व्यावसायबाट दीर्घकालिन फाइदा लिन सकिने कार्कीको भनाइ छ । हायु समुदायका महिलाले मौरीबाट फाइदा लिन थालेपछि उनीहरूको व्यवसाय हेर्न गाउँ मै पुगेका स्थानीय विकास अधिकारी दिनेशराज पन्त, महिला विकास अधिकृत सत्यदेवी अधिकारी र घरेलु विकास अधिकृत राजेन्द्र श्रेष्ठसहितको टोलीले उनीहरूको कामको पं्रशसा गर्दै हौसला दिएको थियो । उनीहरूले आ–आफ्ना कार्यालयबाट सकेको सहयोग गर्ने बचन समेत दिएका थिए ।

हायु महिलाले गाउँमा बसेर गरेको प्रगति देखेर प्रभावित भएकी महिला विकास अधिकारी सत्यदेवी अधिकारीले योजना बनाएर कार्यालयमा आए आवश्यक र दिन सकिने कार्यक्रम दिने बताएकी थिइन् । मौरीपालन हेर्ने गाउँमा पुगेका पाहुनालाई महिलाले फुलमालासहित दुध र मह खुवाएर स्वागत गरेका थिए ।

उक्त गाउँमा चिउरीलगायतका मौरीको चरन क्षेत्र प्रशस्त रहेकाले मौरीपालन व्यावसाय राम्रै फस्टाउने प्राविधिकहरू बताउँछन् । मौरीपालन गर्न थालेसँगै उनीहरूले चिउरी लगायतका मौरीको चरन क्षेत्रमा सहयोग पुग्ने बोटविरुवा समेत लगाउने तयारी गरेका छन् । गाउँमा चिउरीको सिजनमा प्रशस्त हुने भएकाले मौरीपालन सँगै चिउरीबाट उत्पादन हुने तेल , साबुन लगायतका सामग्री बनाउने अर्को अभियानमा लाग्ने तयारी समेत गरिरहेको हायु महिलाले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: