महिला खबर
काठमाडौं । समाजसेवी पुष्पा बस्नेतले अमेरिकी समाचार संस्था सिएनएनले दिने सिएनएन सुपर हिरोको उपाधि पाएकी छन् ।आइतबार साँझ आयोजित कार्यक्रममा सन् २०१२ को सिएनएन हिरो हुन सफल बस्नेत सुपर हिरो २०१६ को उपाधि जित्न सफल भएकी हुन् ।
काठमाडौँमा बाल विकास केन्द्र सञ्चालन गर्दै आएकी बस्नेतले अभिभावकसँगै जेलमा रहेका बालबालिकाको उद्दार गरी पालनपोषण र शिक्षा दिँदै आएकी छन् । उपाधि पाएपछि प्रतिक्रिया दिँदै बस्नेतले भनिन्, ‘मेरो सपनालाई साकार पार्न सघाउने सबैलाई धन्यवाद ।’ ‘आफ्नो कामलाई विश्वास गर्नु र धैर्य गर्नु सबैभन्दा महत्वपूर्ण कुरा हो ‘ उनले थपिन् । यो उपाधिसँगै उनले ५० हजार डलर पनि प्राप्त गरेकी छन् । सिएनएन हिरो छनोटको एक दशकको अवसरमा सिएनएन सुपर हिरो छनोट गरिएको उक्त समाचार एजेन्सीले जनाएको छ ।
तस्विर: सिएनएन
Comment Here!