डान्स आइडल बन्ने होडमा बालिकाहरू


प्रकाशित मिति :2016-12-12 13:00:33

पार्वती पाण्डे

डान्स आइडल महोत्सवका सहभागी

डान्स आइडल महोत्सवका सहभागी

कपिलवस्तु । दश वर्षीया युना कार्कीको सपना हो कुशल नृत्याङ्गना बन्ने । त्यसैले उनले छैठौ कपिलवस्तु डान्स आइडल महोत्सवमा भाग लिएकी छन् । स्थानीय जनता उच्च माविमा चार कक्षामा अध्ययनरत कार्की निकै जोशिली छन् । भन्छिन् – ‘म नै सातांै कपिलवस्तु डान्सआइडल बन्ने हो ।’ तिमीलाई नाच्न प्रेरणा कसले दियो ? उनले भनिन् ‘मेरो प्यारो मम्मीले ।’

छैठौ कपिलवस्तु डान्स आइडल महोत्सवमा भाग लिएकी एघार वर्षीया सृष्टि पाण्डे पनि प्रतियोगितामा पहिलो हुने विश्वास छ । ‘प्रतियोगितामा भाग लिनु नै अवसर हो’ उनी भन्छिन् । वर्ष १२ की रिविसा गुरुङलाई पनि आफ्नो प्रतिभा सवै सामु देखाउन पाउदा निकै खुशी लागेको छ । उनले भनिन् – आइडलमा भाग लिएर जित्नै पर्छ भन्ने छैन , प्रयास गर्दै जाने हो । जित्नु मात्र ठुलो कुरा होइन ।’ विद्यालयका शिक्षक शिक्षिका अभिभावक सवैको प्रेरणाले अवसर पाएको उनले बताइन् ।

निर्णायक मण्डल, भोटिङ र फेसवुकको लाइकमा जो अगाडि आउछ उही प्रतियोगी सर्वश्रेष्ठ हुनेछन् । आठौं कपिलवस्तु महोत्सव भइरहेको वुद्ध रंगशालामा छैठौ कपिलवस्तु डान्स आइडल महोत्सवको मुख्य प्रस्तुती बनेको छ ।

कपिलवस्तु जिल्लाका ८० जना प्रतिस्पर्धी मध्ये १७ जनाले महोत्सवमा प्रतिस्पर्धा गर्न थालेका थिए । जसअन्तरगत पाचौं दिन आईतवारसम्मको प्रतिष्पर्धामा ९ जना छनोटमा परेका छन् । प्रतिष्पर्धीलाई फेसबुकबाट पनि भोट हाल्ने व्यवस्था मिलाइएको डान्स आइडल संयोजक राजेन्द्र गिरीले जानकारी दिए । हाम्रो भन्दा पनि राम्रोले आइडल जित्ने छन , संयोजक गिरीले भन्नु भयो । डान्स आइडलमा प्रथम हुनेलाई ५० हजार , दोस्रोलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार पुरस्कार दिइने उनले वताए । मंसिर २२ गतेदेखि शुरु भएको महोत्सव पुष ३ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: