महिला खबर
कपिलवस्तु । राजनैतिक दलको दवावका कारण अधिकांस लैङ्गिक हिंसाका घटना मिलाउने गरिएको एक कार्यक्रमका सहभागीले बताएका छन् । सोह्र दिने अभियानका अवसरमा कपिलवस्तुको हर्दौना गाविसमा आयोजित नागरिक प्रहरी अन्तरक्रिया कार्यक्रममा सहभागी बिजय प्रताप गुप्ताले लैङ्गिक हिंसा सम्बन्धि अधिकांस घटना मेलमिलापमा टुङ्निे गरेका बताउनुभयो । कार्यक्रममा बोल्दै हर्दौना उपस्वास्थ्य चौकीका निमित्त ईन्चार्ज सुरेश मण्डलले स्वास्थ्य केन्द्रमा अधिकांस लैङ्गिक हिंसाका घटना आउने गरेपनि डर र धम्कीका कारण उजागर नभएको बताउनुभयो ।
लैङ्गिक हिंसा नियन्त्रण समितिकी गाविस सहसंयोजक मिरा कोरीले गाविसमा लैङ्गिक हिंसाका घटना भएपनि अझै पुर्ण रुपमा खुल्न नसकेको बताउनुभयो ।
कार्यक्रममा जिल्लाको लैङ्गिक हिंसा र घरेलु हिंसाको तथ्याङ्क प्रस्तुत गर्दै कुनैपनि घटनाको जानकारी प्रहरीलाई गराउन प्रहरी नायब उपरिक्षक प्रल्हाद अधिकारीले आग्रह गर्नुभयो । उहाँले प्रहरीले राजनैतिक दबाव आउनले गरेपनि त्यस्ता दवावको पर्वाह नगरि घटनाको वास्तविकता बुझेर अनुसन्धान अगाडी बढाउने गरेको प्रष्ट पार्नुभयो । नागरिक र प्रहरी बिच हातेमालो गरेर समाजलाई अपराध मुक्त बनाउन अगाडी बढनु पर्नेमा अधिकारीले जोड दिनुभयो ।
सो अवसरमा गाविसस्तरका सहभागीले गाविसमा हुने गरेको लैगिंक हिंसाका घटना बारे जानकारी दिएका थिए । महिलालाई कुटपिट गरिएको, अंशबाट बंचित गरिएको र दबावमा बहुबिवाह गर्न
Comment Here!