भूकम्पपछि महिला हिंसा बढ्यो


प्रकाशित मिति :2016-12-12 15:29:19

महिला खबर
दोलखा। दोलखा जिल्लामा भूकम्पपछि अपराधिक घट्ना बढेको जिल्ला प्रहरी कार्यालय दोलखाको तथ्याङ्कले देखाएको छ । भूकम्पपछि महिला हिंसाको घट्नामा समेत केहि बढेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोद सुनुवारले बताए ।

जिल्ला प्रहरी कार्यालय दोलखाबाट प्राप्त तीन वर्षको तथ्याङ्क अनुसार आर्थिक बर्ष ०७३/०७४ को कार्तिक मसान्तसम्म बिभिन्न ८३ वटा अपराधिक घट्ना दर्ता भएकोमा महिलासंग प्रत्यक्ष सरोकार राख्ने घट्ना ७ वटा छन् ।

यसअघि आर्थिक वर्ष ०७१/०७२ मा १६४ वटा अपराधिक घट्ना दर्ता भएकोमा महिला हिंसाका १६ घटना थिए भने अघिल्लो आर्थिक वर्षमा १७३ वटा अपराधिक घट्ना मध्ये महिला हिंसाका २३ वटा भएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

प्रहरी कार्यालयमा दर्ता भएका अपराधिक घट्नामध्ये आत्महत्या, सार्वजनिक अपराधलगायतमा पनि महिला पीडित हुने गरेको प्रहरीको भनाई छ । कतिपय घरेलु हिंसाका घट्ना प्रहरी कार्यालयमा नआई मिलापत्र हुने गरेको समेत पाईएको प्रहरी निरीक्षक विनोद सुनुवारले बताए । अधिकांश घरेलु हिंसाका घट्ना की प्रहरीलाई सामान्य जानकारीमात्र भै मिलापत्रमा टुङ्गिने गरेको छ कि अदालत पुग्ने गरेको छ – प्रहरी निरीक्षक सुनुवारले भने । सुनुवारका अनुसार भूकम्प पछि घरेलु हिंसा, जर्वजस्ति करणी लगाएतको महिला हिंसाको घट्नामा बृद्धि भएको छ । भूकम्पपछि असुरक्षित बासस्थान, अपरिचित मानिसको चहलपह लगायतका कारण महिला हिंसाको घट्ना बढेको प्रहरीको भनाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: