महिलालाई नागरिकता नदिनु राज्यको दरिद्र मानसिकता


प्रकाशित मिति :2016-12-12 16:41:40

महिला खबर

citizenship

काठमाडौं । सदभावना पार्टीका नेता लक्ष्मणलाल कर्णले राज्यले नेपाली महिलालाई जानाजान नागरिकताबाट वञ्चित गरेको बताउनु भएको छ । नागरिकताको अधिकार सम्बन्धी एक सार्वजनिक सुनुवाई कार्यक्रममा नेता कर्णले यो समस्या तराईको मात्र नभई पूरै राज्यका महिलाको रहेछ भन्ने बुझेको भन्दै यस्तो संस्कारले महिलालाई आधारभूत अधिकारबाट वञ्चित गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘संविधानले त देउ भन्छ, तर मानसिक दरिद्रताले समस्या उत्पन्न भइरहेको छ । यो हटाउन गाह्रो छ ।’

महिला कानुन तथा विकास मञ्चले आज आयोजना गरेको सो कार्यक्रममा एमालेका सचिव तथा प्रचार, प्रसार विभाग प्रमुख योगेश भट्टराईले संविधानमा लिङ्गको आधारमा विभेद गर्न नपाइने स्पष्ट व्यवस्था भएकाले महिला र पुरुषबिच विभेद गर्ने कानुनलाई सच्याउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस्तो विभेदलाई सच्याउनुपर्छ ।’ उहाँले अहिले स्थानीय निकायमा प्रतिनिधिहरू नहुँदा र समाजमा पुरुष प्रधानता रहिरहँदा पनि यस्ता समस्या निम्तिएको बताउनुभयो ।

कार्यक्रममा अधिवक्ता सविन श्रेष्ठले नेपाली महिलालाई वंशजको आधारमा नागरिकता पाउन अंगिकृत नागरिकता लिन चाहने विदेशी पुरुषलाई भन्दा गाह्रो भएको बताउनुभयो । उहाँले नागरिकतालाई संविधानले अधिकारको रुपमा व्याख्या गरेको भन्दै यो विषयलाई अधिकारवादी दृष्टिबाट पनि हेर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘संविधानमा बाबु एउटै हुने, तर आमा थरीथरी हुनसक्ने भन्ने खालको व्याख्या देखिन्छ । यसले फेरि पनि पुरुषकै नामबाट मात्र नागरिकता बन्ने स्पष्ट हुन्छ ।’

यसैगरि नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व गृहमन्त्री शक्ति बस्नेतले संविधानले स्पष्ट रुपमा भएका व्यवस्था लागू गर्न सर्वप्रथम पुरातनवादी सोच त्यागुपर्ने बताउनुभयो । ‘कस्तो नागरिकले कस्तो नागरिकता पाउने भन्ने कुरा संविधानले स्पष्ट पारेको छ, त्यसैले यसलाई कार्यान्वयन गर्नतिर सबैले लाग्नुपर्छ ।’ उहाँले नागरिकताको लागि निवेदन गइसकेपछि नागरिकता पाउने वा नपाउने जवाफ जिम्मेवार निकायले दिनैपर्ने, फैसलामा चित्त नबुझे पुनरावेदन गर्न पाउनुपर्ने, छोरा र छोरीको विभेद हटाउनुपर्ने तथा नेपाली महिलाले विदेशीसँग विवाह गर्दा के–के हुने भन्ने खालका कुरा स्पष्ट भएमा महिलालाई नागरिकता पाउन सहज हुने सुझाव समेत दिनुभयो ।

उक्त कार्यक्रममा नेपाली काँग्रेसका नेता दिलबहादुर घर्तीले एकिकृत रुपमा संविधान बनाउने क्रममा रहेकोले नागरिकतामा देखिएका यस्ता समस्या हल हुने विश्वास व्यक्त गर्नुभयो । ‘अहिले नागरिकता पाउने कि नपाउने भन्ने कुरा हाकिमको तजविजमा भर पर्छ, यसलाई हामी संशोधनबाट मिलाउने छौं ।’ उहाँले कानुनमा भएका सुधारबारे जानकारी दिने प्रतिवद्धता पनि जनाउनुभयो ।

कार्यक्रममा आमाको नामबाट नागरिकता पाउन नसकेका अर्जुन शाह, सुरज वाग्ले, गोपाल शाही र बाबुआमा नेपाली नागरिक भएर पनि नागरिकताबाट वञ्चित सुकुमाया लामाले नागरिकता लिनमा आफूले भोगेका समस्याहरू बताउनुभएको थियो । यसैगरि, अपांग महिला संघबाट सहभागी भएका लक्ष्मी न्यौपानेले अपांग महिलालाई परिवारले पनि छोड्ने र खासगरि मानसिक अपांगता भएकाहरुलाई नागरिकता पाउन समस्या भएको बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: