द स्टोरी किचेन पुरस्कृत


प्रकाशित मिति :2016-12-12 16:55:14

महिला खबर
काठमाडौं । नेपालमा १० वर्षसम्म भएको सशस्त्र द्वन्द्वका बेला हिंसा भोगेका महिलाका आवाजलाई बाहिर ल्याउन र उनीहरूलाई  सशक्तिकरण गर्न योगदान पुर्‍याएकोमा द स्टोरी किचेनले सन २०१६ को Tomorrow’s Peace building Award जितेको छ ।

उक्त पुरस्कारका लागि लागि ६१ देशका २४४ संस्थाबीच प्रतिस्पर्धा भएको थियो । महिला नेतृत्वमा शान्ति स्थापना विधा अन्तर्गत  उक्त पुरस्कार जितेको द स्टोरी किचेनले जनाएको छ ।

सशस्त्र द्वन्द्वका क्रममा महिलाले भोगेका हिंसालाई अभिलेखीकरण गरी उनीहरूको शसक्तिकरणमा काम गरेको भन्दै बेलायत स्थित पिस डाइरेक्ट संस्थाका संस्थापक सदस्य डा. सिला एलवर्थीले १० हजार अमेरिकी डलर बराबरको यो पुरस्कार प्रदान गर्नुभएको थियो ।

बेलायतमा आयोजित एक समारोहमा पुरस्कार ग्रहण गर्दै द स्टोरी किचेनका संस्थापक तथा अध्यक्ष जया लुईंटेलले सशस्त्र द्वन्द्वका बेला नेपाली महिलाले भोगेका हिंसा र अप्ठ्यारालाई सहि सम्बोधन नगरेसम्म महिलाले न्याय अनुभूत गर्न नसक्ने र दिगो शान्ति स्थापना हुन नसक्ने बताउनुभयो । द स्टोरी किचेनले नेपालका १० वटा जिल्लामा सशस्त्र द्वन्द्वका बेला हिंसाबाट प्रभावित भएका महिलाहरुसँग काम गरिरहेको जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: