लक्ष्मी परियारको हत्याबारे बुझ्न मानवअधिकारबादी घटनास्थलमा


प्रकाशित मिति :2016-12-12 17:01:39

महिला खबर

काभ्रे । काभ्रेपलाञ्चोकको सानोबाङथली गाविस सातमा भएको लक्ष्मी परियारको मृत्युबारे जानकारी लिन  मानवअधिकारवादीहरुको एक टोली सोमबार घटनास्थल पुगेको छ ।

सो गाविस निवासी परियारको मृत्युको विषयमा विभिन्न खालका भनाइ बाहिर आएपछि सत्यतथ्य पत्ता लगाउन मानवअधिकारवादीहरुको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय, काभ्रे  प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो ।

यसैबीच, मृतकका श्रीमान् मिलन परियारसहित चार अभियुक्तलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत काभ्रेपलाञ्चोकमा आइतवार कर्तब्य ज्यान मुद्दा दर्ता गरेको छ ।

सानोबाङथली गाविस–७ स्थित सूर्योदय माध्यमिक विद्यालयका शिक्षक हीरा लामा, उनकी आमा साहिली तामाङ र निरमाया तामाङलाई प्रहरीले शनिवार  घरबाट पक्राउ गरेको थियो ।  सो घटनामा कुटपिटबाट नै परियारको मृत्यु भएको  थियो।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: