वैदेशिक रोजगारीमा जाने छ प्रतिशत महिला


प्रकाशित मिति :2016-12-13 11:32:58

महिला खबर
सुनसरी । सुनसरीवाट वैदेशिक रोजगारीमा जाने मध्ये ६ प्रतिशत महिला रहेको पाइएको छ । सुनसरीबाट आर्थिक २०७१/०७२ मा १२ हजार ३ सय २० जना र गत आर्थिक वर्ष २०७२ / ०७३ मा ११ हजार ३ सय ३२ जना वैदेशिक रोजगारमा गएका छन् । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार ती मध्ये ६ प्रतिशत महिला छन ।

वोर्डले इटहरीमा गरेको कार्यक्रममा अधिकांश नेपाली महिला कामदारहरू सिप बिना नै रोजगारीका लागि बिदेश जाने गरेका कारण जोखिम पर्ने गरेको वताइएको छ । श्रम स्वीकृति नलिइ विदेश जाँदा धेरैले समस्या व्यहोर्नु परेको कार्यक्रममा जानकारी गराइएको थियो । देशवाट बैदेशिक रोजगारीका लागि बिभिन्न मुलुक जानेमा ४३ लाख ६ सय ६ जनाले मात्र श्रम स्विकृति लिएका छन् । बैदेशिक रोजगार प्रवद्र्धन बोर्डका निर्देशक बद्रीकुमार कार्कीले बैदेशिक रोजगारबाट प्राप्त रकम मुलुकमा उत्पादनमुलक कार्यमा लगानी हुन नसक्दा नेपाली कामदारहरू कामका लागि पुन रोजगारीका विदेश नै जानुपर्ने बाध्यता रहेको वताउनुभएको छ नेपाल सरकारले विश्वको बिभिन्न १ सय १० वटा मुलुकमा बैदेशिक रोजगारीका लागि जान पाउने ईजाजत पत्र लिएको छ ।

सो मुलुकहरुको गएका नेपाली कामदारहरू काम अनुसारको तलव सुविधा नपाउने गरेको कारण पीडित वन्दै आएका छन् । रोजगारीमा जानुभन्दा पहिला नै सीप सिकेर विदेश गएमा जोखिमबाट मुक्त हुन सक्ने कार्यक्रमका सहभागी सरोकारवलाले जोड दिए । हाल सम्म बैदेशिक रोजगारीको क्रममा ५ हजार ७५ जनाको मृत्यु भई सकेको छ । मृतकका परिवारलाई बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले ३ लाख रुपैयाका दर आर्थिक सहयोग उपलब्ध गराउदै आएको निर्देशक कार्कीले जानकारी दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: