शीतलहरले गर्भवती, सुत्केरी र नवजात शिशुलाई समस्या


प्रकाशित मिति :2016-12-13 11:37:21

यमुना खनाल

बाक्लो शीतलहर चलेपछि सुनसान सडक र बजार

बाक्लो शीतलहर चलेपछि सुनसान सडक र बजार

सिराहा। हप्ता दिनदेखि अत्यधिक चिसो बढेपछि सिरहालगायत पुर्बी तराईको जनजीवन कष्टकर बनेको छ । बिहानैदेखि बाक्लो हुस्सु र चिसो हावासँगै शीतलहर चलेपछि जनजीवन कष्टपूर्ण भएको हो । शीतलहरसँगै चिसो बढेपछि सिरहाका विद्यालयहरूमा बिद्यार्थी संख्या घटेको छ भने बजार पसलमा मानिसहरुको चहल पहल घटेको छ । त्यसैगरी बाक्लो हुस्सु लागेपछि शसकमा सवारी ,साधन समेत कम चल्ने गरेका छन् । दैनिक कामकाज गराउन आउने घटेपछि सिरहाका सरकारी कार्यालयहरू सुनसान भएका छन् ।

शीतलहरका कारण सबैभन्दा बढी गर्भवती , सुत्ेकेरी महिला, नवजात शिशु, बालबालिका जेष्ठ नागरिक र बिरामी तथा असक्तहरू ,सबै भन्दा बढी प्रभावित भएका छन् ।

सुत्केरी गर्भवती अवस्थाका महिलाहरूमा रोगसँग लड्ने क्षमता कम भएकाले पिसाबमा ईन्फेक्सन, शल्यक्रिया गरेको घाउमा संक्रमण हुने, गर्भमा भएको बच्चा कम चल्ने, मुटुको धड्कन कम चल्ने सुत्केरी महिलाहरूको घाउमा ईन्फेक्सन, नशाहरू कडा हुने हुदा रगतको संचालन राम्ररी नहुने , रुगा खोकी संक्रमण हुने गरेको लहान अस्पतालका डाक्टर सन्तोष रम्तेलले बताए । नवजात शिशुहरूलाई शरीरको बाहिरी चिसो हुने जसले गर्दा भित्र भएको उच्च ज्वरो समेत थाहा नहुने हुदा उच्च सतर्कता अपनाउनु पर्ने डा.रम्तेल बताउँछन् ।

यस्ता समस्या भएका गर्भवती महिला, नवजात शिशुहरू र भरखरै सुत्केरी भएका महिलाहरू दैनिक पाँच सात जना आउने गरेको उनले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: