बालिका शिक्षामा आएको रहर लाग्दो परिवर्तन


प्रकाशित मिति :2016-12-14 11:34:41

इरादा पराजुली गौतम
iradaदसै अगाडी मध्य तथा सुदूरपश्चिमको जिल्लाहरू को केही बिद्यालयहरू जाने अवसर मलाई मिल्यो। ती स्कुलहरू सदरमुकाम भन्दा धेरै टाढा थिए । तीन घण्टा भन्दा बढी गाडीको बाटो गएर पनि कतिपय स्कुलहरू एकदेखि तीन घण्टा जति हिँड्नु पर्थ्यो । ती सबैमा बालिकाको उपस्थिति बालकको भन्दा धेरै भएको आफ्नै आँखाले देख्न पाउँदा आफैलाई खुशी लाग्यो ।

भन्नेहरूले भन्लान छोरालाई नीजि स्कुलमा पठाकोले यस्तो देखियो भनेर, तर ती समुदायमा शिक्षकले पनि आफ्ना छोराछोरी तेही स्कुलमा पढाउने गरेको देखियो र छोरी को जनसंख्या छोरा को भन्दा अलि बढी नै हो भन्ने कुरामा तुक भेटियो । अझ चकित बनाएको छ, दैलेखको राकम कर्णाली को श्री दीपेन्द्र प्राथमिक स्कुलमा बालक र बालिकालाई छुट्टाछुट्टै शौचालय बनाएको र स्वयं बालबालिकाले शौचालय सफा गरेर राखेको देख्दा, खानेपानीको धारा अनि सबैले हात सफा गरेर धुनुपर्छ भन्ने ज्ञान र साबुनले धोएको देख्दा अनि घरमा पनि बाबुआमालाई साबुनपानीले हात धोएरमात्र खानुपर्छ भन्ने सम्झाउनु यी सबै बालबालिकाको आफ्नो जिम्मेवारी सम्झेर गर्ने दैनिक कार्य भित्र पर्दोरहेछ । काठमाडौँको कति ठूलाठूला अस्पताल तथा मन्त्रालयमा जाँदा आउने शौचालयको दुर्गन्धले नजाऊ जस्तो लाग्छ ।

सरकारी स्कुलहरूमा यस्तो परिवर्तन देख्न पाउँदा कसको मन खुशी नहोला र ? ससाना बालबालिकाहरू पढ्नलेख्नका लागि अझै गोलो टेबलमा कति खुशीयाली ? अनि भुइमा हरियो कार्पेट ओहो मनै आनन्द आउने उनीहरुको खुशी हेर्दा । शिक्षा मन्त्रालय, विश्वखाद्य र स्थानिय सहयोगी गैरसरकारी संस्थाको पहलमा मध्य तथा सुदूरपश्चिम दुर्गम भेगको जिल्लामा धेरै राम्रो कार्यक्रम भएको देख्दा खुशी लाग्यो ।

म करिब वीस वर्ष अगाडी डोटी को उच्चकोटमा जाँदा स्कुलको पुर्बाधार धेरै राम्रो हुँदापनि बालिकाको निकै थोरै उपस्थिति थियो । अझै दलित बालिकाको उपस्थिति त शुन्य जस्तै थियो ।

अहिले आएर मध्य तथा सुदूरपश्चिमको दुर्गम भेगको जिल्लामा धेरै सुधार आएको देखेर लाग्छ गरे के हुँदैन र ? हिजो त्यही समाज हो छोरीलाई स्कुल पठाउँदा के फाइदा हुन्छ र भन्नेहरू आज धमाधम स्कुल पठाएका छन् , बालबालिकाहरू खुशी छन्, बालबालिका विभिन्नखाले खेल सामग्री, रूचीपूर्वक पढ्न, लेखन, खेल्न रमाइलो तरिकाले पाएका छन् । अभिभावकको काम को बोझ हुँदाहुँदै पनि स्कुल पठाउनु निश्चयनै अभिभावकमा ठुलो चेतना र जागरुक भएको मान्नुपर्छ । शिक्षक र अभिभावकको भनाइ अनुसार अहिले ती गाउँहरूमा सबै बालबालिका स्कुल भर्ना भएका छन् । तर बालबालिका कामको बोझ, आमाबाबुसँग अस्थायी बसाई सराई (लेकमा जानुपर्ने, बिरामी भएको कारण र चाडपर्व, जेठ महिनादेखि कात्तिकसम्म भने स्कुल आउने अनियमितता २० प्रतिशत जति हुँदो रहेछ ।अझै विद्यालय नियमित नआउनेका लागि लागि एकदेखि पाँच रुपैयाँसम्म जरिवाना तिर्ने व्यवस्था गरेको पनि भेटियो ।

शिक्षामा काम गर्ने सरोकारवालाको ध्यान जानु के मा जरुरी छ भने बालिकाहरू अब ९ देखि १२ कक्षासम्म निरन्तर कसरी जान सक्छन् भन्ने नै हो, उनीहरू ८ कक्षामा पास भएपछि धेरै बालविवाहको कारणले स्कुल छोड्ने गरेको देखियो जुन सबै सरोकारवालाले बालिकाहरूलाई कसरी बिद्यालयमा निरन्तर गर्ने भन्ने सोच्नुपर्ने आवश्यक छ ।

मध्य तथा सुदूरपश्चिमको दुर्गम भेगका समुदायमा ३ महिनामात्र प्रशस्त खान पुग्ने हुनाले कात्तिकदेखि चैतसम्म लगभग ६ महिना  पुरुषहरू कामका लागि भारत जाने प्रचलन भने यथावत नै रहेछ जस्ले गर्दा महिला र बालबालिकालाई कामको भार झनै बढी हुने र अबको चूनौति भनेको नै पुरुषहरू कसरी घरको काममा सहभागी हुनसक्छन जस्ले गर्दा महिला तथा बालिकाको कामको बोझ कम गर्न सकियोस् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: