दलित महिलाका मुद्दालाई महिला आन्दोलनले किनारा लगायो


प्रकाशित मिति :2016-12-14 12:56:07

सरु सुनार
saru-sunarकाठमाडौं। महिला आन्दोलन, इतिहासलाई हेर्ने हो भने लामो समयदेखि महिलाले लैङ्गिक विभेद, महिला अधिकार , सामाजिक , साँस्कृतिक , शैक्षिक , आर्थिक या राजनैतिक आन्दोलन होस् धेरै संघर्ष गरेका छन् । इतिहासको कालखण्डमा थुप्रै राजनीतिक उतारचढाव र आन्दोलन हुँदा हजारौं महिला आन्दोलनमा सरिक छन् । दशबर्षे शसस्त्र द्वन्द्वमा थुप्रै महिला बन्दुक, हतियार बोकी पुरुषसरह नै युद्धमा सरिक भए । जहाँ हजारौं महिलाले आफ्नो ज्यानको आहुति पनि दिए । जसले गर्दा नेपाली समाजमा महिलाको हरेक क्षेत्रमा सहभागिताको अवसर पनि जुट्यो । मुलधारका महिला आन्दोलनले नेपाली समाजमा सस्थागत रूपमा करिब सात दशक पार गरिसकेको छ ।

यसबिचमा महिलाका थुप्रै मुद्दा सतहमा आएका छन् । महिलाको समान सहभागिता , शिक्षामा विशेष व्यवस्था, प्रजनन् अधिकार , सम्पतिमा समान अधिकार लगायत मुद्दाले विस्तारै गती लिँदैछ । महिला आन्दोलनले उठाएका वर्गिय , लैंगिकसम्बन्धि धेरै मुद्दाहरू स्वभाविक रूपमा दलित महिलाका पनि मुद्दा हुन्। तर त्यसबाहेक दलित महिलामाथि हुने जातिय छुवाछूत , भेदभाव र त्यसले सिर्जना गरेका गरेका सामाजिक अपराधका घटना र सामाजिक अपमान र बहिष्कारका सवाललाई महिला आन्दोलनले पुर्णरपमा नजरअन्दाज गरेको देखिन्छ्। महिलामाथि हुने लैंगिक, जातीय र विभेद र उत्पिडनका सवाल, स्वरुपहरु निकै फरक छन् ।

इतिहासको लामो समयदेखि नेपालमा रहेका करिब १३।२ प्रतिशत दलित समुदाय र त्यहा भित्रको ७ प्रतिशत दलित महिलामाथि राज्यले जुन किसिमको सामन्तवाद र पशुजन्य व्यवहार गर्दै राज्यसत्ता , पहुँच र सामाजिक , साँस्कृतिक , न्यायिक क्षेत्रमाबाटै अलग राखी विश्व मै नभएको र नसुनेको एक मानिसले अर्को मानिसलाई छुन नहुने, छोइछिटो र छुवाछूत प्रथाका लागि आफ्नै देशका सन्तानलाई पशुजन्य निरीह व्यवहार र दासी बनाएर आफ्नो देशको अपमान र बदनामी गरी विश्वरेकर्ड कायम गरेको छ। बहुभाषिक , बहुसाँस्कृतिक, आफ्नो रितिरिवाज, परम्परा बोकेको नेपाली समाजमा सबै बर्ग समुदायलाई एक नजरमा हेर्नु गलत छ।

नेपालका ५१ प्रतिशत महिलामाथि हुने हिंसा , विभेद सबै एकै नास र किसिमको छैन । लैंगिक विभेद केही हदसम्म सबै महिलामा भएपनि जातिय रुपमा हुने महिलामाथिका विभेद फरक छन् । देशमा प्रजातन्त्र , लोकतन्त्र, गणतन्त्र , संविधान आइसक्यो । देशका महत्वपूर्ण स्थानमा रास्ट्रपति, सभामुख , प्रधानन्यायाधीश महिला भएका छन् । यो मानेमा महिलाले ठुला अवसर पाउनु खुसीको कुरा हो । तर यति हुँदाहुँदै पनि ग्रामीण क्षेत्रमा या सहरका कुनामा दलित , सिमान्तकृत, उत्पिडीत महिलामाथि अझै पनि जातीय र अन्धविश्वास परम्पराको नाउँमा दलित महिलामाथि भइरहेको अन्याय, दुर्य््वहार, छुवाछूत कुटपीटका कारण मृत्यु समेत भैरहेको छ । त्यस्ता ठाउँमा न राज्य, न कुनै महिला नेता न त कुनै गैरसरकारी वा गैरदलित महिलाको नजर पुग्छ न त आवज नै रु अहिले पनि दलित महिलाका मुद्दाहलाई दलितको मुद्दा हो भनेर हेरिन्छ ।

के दलित महिला महिला भित्र पर्दैनन् रु दलित महिलाका मुद्दा दलितकामात्र मुद्दा हो कि महिलाभित्र कै एउटा मुद्दा होरु दलित महिलाका मुद्दालाई समग्र महिला आन्दोलनले किनारा लगाएको छ । हिजोको दिनमा डर त्रास सूचना , सन्चारको कमीले दलित र दलित महिलाका मुद्दाहरू कम सुनिन्थ्यो र घटना कम आउने गर्थे, तर अहिले परिस्थिति धेरै फरक भएको छ । दलित समुदायले आफ्नो सम्मान पुर्वक बाँच्न पाउने अधिकारका लागि आवाजमात्र होइन प्रतिकार पनि गरेको छ। २०७३ मंसिर बीस गते काभ्रे जिल्लाको वाङथलीमा लक्ष्मी परियारमाथि सोही गाउँ कै शिक्षक हिरा लामाले स्कुल कै प्राङ्गणमा हातखुट्टा बाँधी कुट्दै दिसा खुवाएको थियो । बाँधेर कुट्दा समेत उसको मन शान्त नभएपछि झम्टदै हिरा लामाले बाटोमा समेत दाउराले गहिरो चोट हुने गरी कुटेको थियो । भोलिपल्ट प्रहरीमा गएर लक्ष्मी परियारलाई गलत देखाउँदै कानमा हात समातेर उठबस गराइ उल्टै माफी मगाइ विभिन्न विगतका काल्पनिक घटनालाई लिएर लक्ष्मी परियारलाई ६ हजार दण्ड जरिवाना समेत जबर्जस्ती तिर्न कबुल गरी सहिछाप गराइएको थियो ।

घटना भइसकेपछि भोलिपल्ट लक्ष्मी परियारका श्रीमान काठमाडौंबाट घर पुगेका थिए । जब मेलमिलाप भएको भोलीपल्ट लक्ष्मी परियारको मृत्यु भयो तबमात्र घटना बाहिर आएको थियो । स्थल गत भ्रमण र प्रत्यक्षदर्शीको भनाइमा धेरै फरक थियो । घटना घट्नुको पछाडि रहस्य बिकट ठाउँ अल्पसंख्यक रुपमा दलितको बस्ती , बाक्लो तामाङको बस्ती रहेको उक्त गाउँमा तामाङहरूले दलित समुदायमाथि जातीय भेदभाव र छुवाछूतको व्यवहार गर्थे । कतिपय अवस्थामा चियापसलमा दलितहरू अलग्गै बस्नुपर्ने , कामी दमैको जात तिमीहरू भन्ने जस्ता कुरा र व्यवहारले दलितहरू डर , त्रासले मुख खोल्दैनथे, तर लक्ष्मी परियार हक्की, निडर र प्रतिकार गर्ने र गर्नसक्ने स्वभावकी थिइन् र गर्थिन पनि । तेसैले उनी वडा नागरिक मन्चकी समेत सकृय सदस्य थिइन् । दलित समुदाय र आफैँमाथि पनि भएका जातिय घटना र व्यवहारलाई ठाडो चूनौति दिँदै त्यहाका तामाङ सँग एक्लै भिड्थिन् उनी । त्यसैले उनी त्यहाँका तामाङहरूका लागि तगारो बनेकी थिइन् । स्थानीय दलित महिलाहरू भन्छन् ‘लक्ष्मी जस्तो साहसी महिलालाई त मारे अब हामी कसरी बाँच्नु ? यहाँ बस्न सकिँदैन ।’ ‘उनलाई कुनै महिलाले कुट्ने, बोल्ने हिम्मत गर्दैनथे । त्यसैले पुरुषले पनि बाँधेर कुट्यो । उनी सामान्य मजदुरी गरी खाने महिला भएपनि उनीलाई त्यो गाउँमा कसैले पनि बोक्सी नभनेको र आरोप पनि आएको थिएन ‘ लक्ष्मीको घरसँगै घर जोडिएकी सरिता परियारले थपिन् ‘ हामीले आजसम्म लक्ष्मीलाई यो गाउँमा बोक्सी भनेको सुनेका छैनौं, हिरा लामाले बाँधेर कुट्दा, दमिनी, तल्लो जात, बोक्सी भनेको होला, तर बोक्सी कै आरोपमा दिसा खुवाएको चाहिँ होईन त्यो भन्दा पहिला २, ३ पटक हिराले खेदाएको थियो कुट्न भनी ।’

स्थलगत भ्रमणपछि

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: