छात्रा सडकमा


प्रकाशित मिति :2016-12-14 15:11:33

महिला खबर
15577487_1280883995319408_18661642_n-1काठमाडौं। काभ्रेमा चरम यातना दिएर हत्या गरिएकी लक्ष्मी परियार र गतमहिना सामूहिक वलात्कार पश्चात हत्या गरिएकी पद्मकन्या क्याम्पसकी छात्रा कञ्चन भुजेलका हत्यारालाई सर्वस्वसहित जन्मकैद गर्नुपर्ने मागसहित आज संयुक्त विद्यार्थी छात्रा मञ्चले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

पद्मकन्या क्याम्पसवाट शुरु भइ वागवजारमा पुगेर कोणसभामा परिणत भएको विरोध र्‍यालीलाई मञ्चकी अध्यक्ष नविना लामा, महासचिव पञ्चा सिंह, कोषाध्यक्ष सुमिता वम र सदस्य मञ्जु् सिंजालीलगायतका विद्यार्थी नेताहरूले संवोधन गर्दै हत्यारालाई कडा भन्दा कडा कार्वाही नभएसम्म आफूहरू चुप लागेर नवस्ने वताएका छन् ।

महिलामाथिका यस्ताखाले हिंसाले कानुनी राज्यको उपहास भएको वताउँदै उनीहरूले पहिलो चरणको संघर्षको कार्यक्रम अगाडि सारेका छन् । जसअन्तर्गत मंसीर ३० गते विहीवार लक्ष्मी परियारको हत्या भएको स्थानको स्थलगत अध्ययनका लागि काभ्रे जाने, पुस १ गते प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापन पत्र वुझाउने र पुस २ गते महिला हिंसा न्युनिकरण सम्वन्धि सडक बहस गर्ने कार्यक्रम तय गरिएको मञ्चकी महासचिव पञ्चा सिंहले जानकारी दिएकी छन् ।

पहिलो चरणको संघर्षको कार्यक्रमपछि पनि माग पुरा नगरेमा दोश्रो चरणको संघर्षको कार्यक्रम तय गरिने र अपराधीलाई कानुनको कठघरामा उभ्याउन आफूहरूले जस्तो सुकै संघर्ष गर्नपनि पछाडि नहट्ने महासचिव सिंहले चेतावनी दिएकी छन् ।

तस्विर : आस्था केसी

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: