महिला खबर
सुनसरी । सुनसरीमा बालिका बलात्कारका घटनाको संख्या वढेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) सुनसरी प्रतिनिधि शेखर ढकालका अनुसार सन् २०१६ जनवरीदेखि डिसेम्बरसम्ममा सुनसरीमा २३ जना बालिका बलात्कृत भएका छन् । ८ जनालाई बलात्कारको प्रयास भएको छ । इन्सेकको तथ्याकंमा गतवर्ष बालिका बलात्कारको संख्या १८ थियो । एक वर्षको अवधिमा सुनसरीमा १३ जना महिला बलात्कृत र ८ जनालाई बलात्कारको प्रयास भएको छ । एक वर्षमा महिला अधिकार हनन्का २१ वटा र मानव वेचविखन, ओसारपोसारका २ ओटा घटना गरी ६० वटा मानव अधिकार उल्लंघन तथा हनन्का घटना भएको पाइएको छ ।
इन्सेक सुनसरीको प्रतिवेदनमा राज्य पक्षबाट सुनसरीमा एउटामात्र मानव अधिकार उल्लघन हननका घटना भएको उल्लेख छ । मानव अधिकार वर्ष पुस्तक २०१७ को वार्षिक पूर्वसमिक्षा कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीमा प्रहरी निरिक्षक नवराज न्यौपानेले राज्य मानवअधिकार प्रति सचेत भएकाले राज्यको तर्फबाट अधिकार हनन्का घटना कम भएको दावी गर्नुभयो ।
उहाँले मानवअधिकारको संरक्षण र सम्बद्र्धनका लागि नेपाल प्रहरीलाई सुझाव दिन समेत आग्रह गर्नुभयो । कार्यक्रममा जिल्ला शिक्षा कार्यालय सुनसरीका अधिकृत रुद्र राई, माइती नेपालकी सुनिता कार्की, नेकपा एमालेका प्रतिनिधी प्रदिप काफ्ले, स्थानीय शान्ति समिति सुनसरीका संयोजक सुर्यनारायण यादव, नेपाल पत्रकार महासंघ सुनसरीका सह सचिव प्रमोद यादवलगायतले मानव अधिकार उल्लघंन तथा हनन्का घटना न्युनिकरणमा सबैले आ आफ्नो ठाउँबाट भुमिका खेल्नुपर्ने वताए ।
Comment Here!