नागरिकताको अधिकारवाट वन्चित गरिनुहुँदैनः गृहमन्त्री निधि


प्रकाशित मिति :2016-12-14 15:57:15

महिला खबर

bimalendra-nidhi

ललितपुर । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले नेपाली नागरिकलाई नागरिकताको अधिकारवाट वन्चित गर्ने नहुने वताउनुभएको छ ।

महिला कानुन र विकास मञ्चले आज आयोजना गरेको ‘नागरिकता कानुनको कानुनी विश्लेषण’ कार्यक्रममा बोल्दै गृहमन्त्री निधिले भन्नुभयो, ‘कुनैपनि नेपाली नागरिकलाई नागरिकताको अधिकारवाट वन्चित गरिनुहँुदैन, हरेक नेपालीले यो अधिकार पाउनुपर्छ ।’
उहाँले राज्यको उदार नीतिका कारण आमाको नामवाट नागरिकता दिने व्यवस्था संविधानमा गरिएको दावी गर्नुभयो । ‘राज्य उदार भएकैले संविधानमा आमाको नामवाट नागरिकता पाउने व्यवस्था गरिएको हो, नेपालको संविधानले नै हरेक नागरिकलाई नागरिकता पाउने अधिकार सुनिश्चित गरेको छ’ उहाँले भन्नुभयो ।

गृहमन्त्री निधिले वैवाहिक अंगिकृत नागरिकता विषयमा संशोधन प्रस्ताव दर्ता गरिएको र विदेशी बुवा भएको अवस्थामा छोराछोरीलाई आमाको नामवाट नागरिकता दिनुहुन्छ कि हुँदैन भन्ने विषयमा छलफल जारी रहेको समेत जानकारी दिनुभयो ।

उहाँका अनुसार विवाहलाई कानुनी र संवैधानिक परिभाषा गरेमात्र आउँदा दिनमा नागरिकता सम्बन्धि देखिएको विवाद समाधान हुनेछ । उहाँले भन्नुभयो, ‘वंश र विवाह एकअर्कासँग जोडिएको हुनाले त्यसलाई व्यवस्थित गर्ने सकेमात्र कम विवादास्पद नागरिकता प्राप्तीको परिभाषा पाउन सक्छांै ।’

कार्यक्रममा नागरिकता सम्बन्धी नपाली कानुनको विश्लेषण नामक प्रतिवेदन विमोचन गरिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: