ट्रम्पको रोमान्स


प्रकाशित मिति :2016-12-15 11:32:30

अमेरिकी समाज जतिसुकै उदार भनिएपनि महिलामाथि कुनै पुरूषले छुने र चुम्बन गर्ने व्यवहारलाई सहज रुपमा चाहिं लिइहाल्दैन । यदि महिलाको चाहना अनुसार भएको हो भने सामान्य तरिकाले छुने र चुम्बन गर्नेलाई पचाउँछ पश्चिमा समाजले । तर, जर्बजस्तीको गतिविधि अपराध नै मानिन्छ ।

दीपेश केसी
Dipesh Kcट्रम्प रिपब्लिकन उम्मेदवार बन्ने दौडमा रहँदा नै उनीमाथि तल्लोदेखि उच्च तहका रिपब्लिकन नेताहरूले एउटा गम्भीर प्रश्न उठाए । त्यो थियो ट्रम्पको धेरै महिलासँगको विवादास्पद सम्बन्ध ! नेब्रासाकाका सिनेटर बेन सासेले १९ वटा विषयसहित ट्वीट गरे । जसमध्ये एउटा थियो ट्रम्पको महिला मोह । सासेले ट्रम्पपमाथि धेरै घरबार बिगारिदिएको र बालबच्चाको जीवन बिगार्न भूमिका खेलेको आरोप लगाए । अर्काकी पत्नी र प्रेमिकालाई बिगार्ने काम गरेको आरोप थियो त्यो । जसले त्यस्ता व्यक्तिको पारिवारिक जीवन बिखण्डित भएको थियो । स्वार्थी व्यवहार देखाउने र आफूमात्र सप्रिएर अरूलाई बिगार्ने शैली देखाउने गरेको आरोप लाग्यो ।

ट्रम्पको नाम टभी स्टार अरियानी जुकरसँग जोडिएको थियो । यौन विषय उठाएर घमण्ड गरेको भिडियो सार्वजनिक भयो । उक्त घटनापछि जुकरले शक्तिमा रहेका मान्छेले अरुको इज्जत नराख्ने गरेको सुनाए । सन् २००५ मा भिडियो कार्यक्रममा ट्रम्पले सेक्स क्षमताको घमण्ड गरेका थिए । उक्त भिडियोमा जुकर समेत देखिएकी थिइन् । भिडियो सार्वजनिक भएपछि जुकरले आफू बलियो र स्वतन्त्र महिला भएकाले अरुको अभिव्यक्तिले आफूलाई कुनै असर नपर्ने बताइन् । आफ्नो आत्मसम्मान र मूल्यमा कुनै असर नपर्ने समेत बताइन् । बन्द कोठा होस् या खुल्ला मञ्चमा नै किन नहोस् हामीले एक अर्काप्रति दयाभाव र सम्मान दर्शाउन सक्नुपर्ने जिकिर समेत गरिन् ।

७ अक्टोबर सन् २०१६ मा अमेरिकी जनता राष्ट्रपतिका प्रतिष्पर्धी ट्रम्प र हिलारीको दोस्रो टेलिभिजन बहस सुन्न प्रतिक्षारत थिए । त्यसको ठिक एक दिन अघि एउटा भिडियो दी वासिङ्टन पोष्टले सार्वजनिक गर्‍यो । सन् २००५ को उक्त भिडियोमा डोनाल्ड ट्रम्पले आफ्नो सेलिब्रिटी हैसियतको दुरुपयोग गर्दै महिलालाई चुम्बन गर्ने र जर्बजस्ती छुने गतिविधि गरेको दृश्य थियो । टेलिभिजनमा चर्चित अनुहार नान्सी ओडेलसँग यौन सम्बन्ध राख्ने चाहना प्रकट गरेका थिए । त्यतिबेला नान्सी विवाहित थिइन् । तीन मिनेटको रेकर्डमा टेलिभिजन कार्यक्रम एक्सेस हलिउडकी प्रस्तोता बिली बुससँग यौनजन्य वाक्यहरू बोलेको सुनिन्थ्यो । जसमा ट्रम्पले अपशब्द समेत प्रयोग गरेका थिए । यो घटनाले अमेरिकी मिडियामा विशेष स्थान पायो । ट्रम्पको चरित्रमाथि प्रश्न उठ्यो ।

अमेरिकी समाज जतिसुकै उदार भनिएपनि महिलामाथि कुनै पुरूषले छुने र चुम्बन गर्ने व्यवहारलाई सहज रुपमा चाहिं लिइहाल्दैन । यदि महिलाको चाहना अनुसार भएको हो भने सामान्य तरिकाले छुने र चुम्बन गर्नेलाई पचाउँछ पश्चिमा समाजले । तर, जर्बजस्तीको गतिविधि अपराध नै मानिन्छ । भिडियो र अडियोमा समेत महिलालाई यौनजन्य वस्तुमा सिमित राखेर बोलेका फुटेज र क्लिप सार्वजनिक भए । महिलाको अपमान गर्ने शैलीको शब्द बोलेर मज्जा लिने र दिने ट्रम्पको स्वभाव खुल्यो ।

trumpटेलिभिजन शोकी प्रस्तोतादेखि कलाकारप्रति चुम्बन गर्ने चाहना समेत प्रकट गरेका फुटेजहरू सार्वजनिक भए । यसले ट्रम्पलाई महिलाको सम्मान गर्न नजान्ने अभद्र पुरूषका रूपमा प्रस्तुत गर्‍यो । डोनाल्ड पत्नी मेलानियाले उक्त अभिव्यक्तिप्रति क्षमायाचना गरिन् । त्यस्ता अभिव्यक्ति स्वीकारयोग्य नहुने र अप्रीय भएको प्रतिक्रिया दिइन् । ट्रम्पले जतिसुकै आफ्नो बचाऊ गर्ने र परिवारका महिला सदस्यले त्यसबारे माफी माग्ने गरेपनि एकपछि अर्को घटनाहरू खुल्न थाले ।

पिपल म्यागाजिनकी पत्रकारले सन् २००५ को एउटा घटनाको प्रसंग कोट्याउँदै आफूलाई अन्तवार्ताका दौरान ट्रम्पले भित्तामा धकेलेर चुम्बन गरेको आरोप लगाइन् । ट्रम्प महिलामाथि फाइदा लिने यस्ता गतिविधि धेरै गरेको घटनाहरूले मिडियामा चर्चा पायो । तर, उनले यस्ता घटनाको उद्देश्य आफूसँग जोडिएर चर्चामा आउने हो भने । ट्रम्पले जतिसुकै खण्डन गर्न खोजेपनि उनको धेरै महिलासँगको सम्बन्धबारे उनी आफैँले सार्वजनिक रूपमा बोलेका छन् ।

कतिपय विश्व चर्चित महिलासँग आफ्नो नाम जोडेर रोमान्सका घटना खुलासा गरे । उनको यो व्यवहारको त्यस्ता महिलाले असन्तुष्टि जनाउँदै खण्डन गर्नुपर्‍यो । ट्रम्प जति आफ्नो नाम जोडेर अरुले अनर्गल प्रचारमा आउने उद्देश्य राखेको भन्दै अभिव्यक्ति दिन्छन् त्यस्तै गतिविधि उनीबाट भएको गुनासो नाम चलेका महिलाहरूको पनि छ । सेक्सको विषयमा घमण्ड देखाउने स्वभाव छ ट्रम्पको ।

ट्रम्पको धेरै महिलासँग रोमान्स चल्नुमा पैसा मुख्य कारण भनिएको छ । ट्रम्प दुनियाँका सर्वाधिक धनीको सूचीमा छन् र त्यसले मात्र उनले यौनसुख भोगेको भन्न मिल्दैन । उनी महिलासँग नजिक हुन जान्दछन् र तिनको भावना समेत बुझ्नसक्छन् भन्ने तथ्य नाम जोडिएका अधिकांश महिलाहरूले खुलाइसके । उनी सेलिब्रिटी पनि हुन् जसले महिलाहरूलाई आकर्षित गर्नसक्यो । शारीरिक रुपमा ट्रम्प त्यति आकर्षक लाग्दैनन् तर उनीसँग मानिसलाई आश्वस्त पार्ने बेजोड क्षमता देखिन्छ । पावर ब्रोकर भएकाले पनि उनमा मानिसलाई तत्काल आश्वस्त पार्ने क्षमता बनेको हो । यही क्षमता उनले रोमान्सका लागि समेत प्रयोग गरे ।

हालै बजारमा आएको केसीद्वारा लिखित पुस्तक डोनाल्ड ट्रम्पः चमत्कारै चमत्कार पुस्तकको सम्पादित अंश

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: