दोलखामा ३३ जना महिलालाई डकर्मी तालिम


प्रकाशित मिति :2016-12-15 11:50:14

सर्मिला बुढाथोकी

  g1
दोलखा । भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट)ले बलियो घर कार्यक्रम अन्र्तगत दोलखा जिल्लामा सञ्चालन गरेको डकर्मी तालिममा अहिलेसम्म ३३ जना महिलाको सहभागिता रहेको समाजले जनाएको छ ।

पहिलो चरणमा विगतदेखि नै डकर्मी काममा संलग्नहरूलाईमात्र तालिम दिईएकाले महिलाको संख्या कम रहेको र अब सञ्चालन हुने तालिममा महिलाको संख्यामा बृद्धि हुने देखिएको एनसेट दोलखाका जनसम्पर्क अधिकृत जगदिश शिवाकोटीले बताए । एनसेट दोलखाले अहिलेसम्म आफ्नो कार्यक्षत्र रहेको दोलखाको बिगु, चिलंखा, लादुक, लामिडाँडा, भिरकोट, झुले, जफे, मालुलगायत १३ गाविस र भीमेश्वर नगरपालिकाका १ हजार ५ जना मजदुरलाई डकर्मी सम्बन्धि तालिम दिएको र त्यसमा ३३ जना महिला रहेको शिवाकोटीले बताए । ३३ ठाउँमा सञ्चालन गरिएको तालिममा सहभागी १ हजार ५ जना मजदुर नै अहिले घर निर्माणमा संलग्न रहेको एनसेट दोलखाले जनाएको छ ।
भूकम्पपछि दोलखा जिल्लाको अधिकांश घरहरू क्षतिग्रस्त भएकोले अहिले तालिम प्राप्त सबै डकर्मी काममा रहेको शिवाकोटीको भनाई छ । भूकम्प प्रतिरोधि घर निर्माणका लागि डकर्मी तालिम लिएका कामदारमात्र राख्न पाउने सरकारी प्रावधानको कारण पनि तालिम लिएका सबैले रोजगारी पाएको र यो संख्या अझै अपुग रहेको एनसेटले जनाएको छ ।

g2

आवश्यकता र मागको आधारमा एनसेटले आफ्नो कार्यक्षत्र रहेको गाविस तथा नगरपालिकामा डकर्मी तालिम सञ्चालन गर्ने जनाईएको छ । दोलखा जिल्लामा पुर्ननिर्माणको लागि ८ हजार ५ सय जना डकर्मी आवश्यक पर्ने पुर्ननिर्माण प्राधिकरणले जनाएको थियो । दोलखाको अन्य केही गाविसमा बिभिन्न संघ संस्थाले डकर्मी सम्बन्धि तालिम सञ्चालन गरेको भएपनि त्यो संख्या अत्यन्त न्यून रहेको स्थानियको भनाई छ । एनसेटका जनसम्पर्क अधिकृत शिवाकोटी कार्यक्षत्र बाहिर पनि आवश्यकता महशुस भयो भने एनसेटले डकर्मी तालिम सञ्चालन गर्न सक्ने बताउँछन् ।

अहिले दोलखा जिल्लाको बिभिन्न गाविसमा घर निर्माणमा सक्रिय डकर्मीले दैनिक ७ सयदेखि १ हजारसम्म पारिश्रमिक लिँदै आएको एनसेटले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: