आर्थिकरुपमा सक्षम भएमात्र महिलालाई राजनीति गर्न सहज


प्रकाशित मिति :2016-12-15 16:39:06

महिला खबर

dsc_0414
ललितपुर । सरोकारवालाले आर्थिक रुपमा सक्षम नभएसम्म महिला राजनीतिक हिसाबले अघि बढ्न नसक्ने बताएका छन् । जागरण नेपालले बिहीवार आयोजना गरेको कार्यक्रममा बोल्दै निर्वाचन आयोगका सचिव, महिला नेता, स्थानीय निकायका प्रतिनिधिलगायतले केन्द्रदेखि गाउँ तहसम्म महिला नेता आर्थिक रुपले बलियो हुनुपर्नेमा जोड दिएका हुन् ।

निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले महिला नेतालाई अघि बढ्न आर्थिक अभाव नै सवैभन्दा ठूलो बाधाका रुपमा रहेको बताउनुभयो । ‘निर्वाचन महङ्गो हुँदै जानु, भड्किलो प्रचार प्रसार र राती रक्सी खाएर निर्वाचन प्रभावित बनाउने काम हुँदा महिलालाई चुनाव जित्न गाह्रो पर्छ’ उहाँले भन्नुभयो । गैरसरकारी संस्थाले विकासित भन्दापनि विकासका हिसाबले पछि परेका ठाउँ छान्नुपर्ने उहाँको सुझाव छ ।

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सह–सचिव भरत शर्माले महिलाको राजनीतिक सशक्तिकरणले सुशासनका सहयोग पुर्‍याउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय निकायबाट हुने विकास निर्माणमा महिलाको सहभागिता अझै महत्वपूर्ण छ ।’ गैरसरकारी संस्थाले सरकारसँग मिलेर काम गर्नुपर्नेमा उहाँको जोड छ ।

पाँचथर जिल्लाका स्थानीय विकास अधिकारी कोमल प्रसाद धमलाले पुरुषको भन्दा महिलाको जनसङ्ख्या बढी भएपनि अघि बढ्न नसकेको बताउनुभयो । गैरसरकारी संस्थाहरूले फरक क्षेत्रमा काम गर्नुपर्नेमा उहाँको सुझाव छ । उहाँले भन्नुभयो, ‘नक्कल नहोस भनेर ध्यान दिनुपर्छ ।’

काङ्ग्रेस केन्द्रिय सदस्य तथा पूर्ब मन्त्री कमला पन्तले महिला नेतृत्वको विकाससँगै व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । ग्रामीण क्षेत्रमा महिला सहभागिता नाम मात्रैको भइरहेको छ । उहाँले भन्नुभयो, ‘बैठकको भोलीपल्ट मात्रै महिलालाई सहि गराउने पनि चलन छ ।’

एमाले कन्द्रिय सदस्य सीता पौडेलले केन्द्रमा मात्रै नभएर ग्रामीण क्षेत्रमा पनि महिला सशक्तिकरण खाँचो भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय निकायले तल्लो तहका महिलालाई उकास्ने काम गर्नुपर्छ । नेकपा(माओवादी) केन्द्रकी पोलिटब्युरो सदस्य दामा शर्माले पहिले जनयुद्ध लडेका महिला अहिले घर भित्रै सीमित भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जनयुद्धका समयमा जनताको घरमा खाँदा चल्थ्यो, तर अहिले परिवार सञ्चालन गर्नुपर्छ ।’ नेपाली महिलाको गुणात्मक बृद्धि भइरहेको उहाँले बताउनुभयो ।

तराई मधेश लोकतान्त्रिक पार्टीकी केन्द्रिय सदस्य चन्दा चौधरीले आफ्नो पार्टीको विधानमा एक तिहाई महिला सुनिश्चित भएपनि कार्यान्वयन नभएको बताउनुभयो ।

नेकपा मालेको केन्द्रिय सदस्य जनक चालिसेले महिलाले सञ्चालन गरेको घर राम्रो भए जस्तै अवसर पाएमा महिलाले राम्ररी देश चलाउन सक्ने बताउनुभयो ।

गैरसरकारी संस्था महासंघकी पूर्ब अध्यक्ष तथा जागरण नेपालकी संस्थापक अध्यक्ष शर्मिला कार्कीले आर्थिक रुपमा सक्षम नभई महिला राजनीतिमा सहभागी भएपनि अघि बढ्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सचेतना, क्षमता अभिबृद्धि र आर्थिक सशक्तिकरणले नै महिला अघि बढ्न सक्छन् ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: