कुन मन्त्रीले दाइजोमा के के पाए ?


प्रकाशित मिति :2016-12-15 17:24:22

महिला खबर

bhim-nidhi

काठमाडौं । २९ मंसिरमा प्रधानमन्त्रीको कार्यालयले प्रधानमन्त्री सहित २७ मन्त्री र चार राज्यमन्त्रीका सम्पत्ति सार्वजनिक गर्‍यो । मन्त्रीले पेश गरेका सम्पत्ति विवरणमा केही मन्त्रीहरूले दाइजो वा विवाहमा प्राप्त सम्पत्ति भनेर सम्पत्तिको विवरण बुझाएका छन् । यस्तो सम्पत्तिमा विशेषगरी सुन, चाँदी, हिरा र विभिन्न गरहगहना उल्लेख छन् । केहीले जग्गा समेत दाइजोमा पाएका छन् ।

dhani-ram

सम्पत्तिको विवरण बुझाउनेमा माथिल्लो सूचीमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीको सम्पत्ति विवरणमा दाइजो बापत ६० तोला सुन र १५० तोला चाँदी पाएको उल्लेख छ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले पत्नीका माइतीले इलाममा १० रोपनी जग्गा, झापा तोपगाछीमा पाँच विघा ४ कठ्ठा जमिन दिएको उल्लेख गरेका छन् । सो विवरण अनुसार उनले विवाहमा करिब ३० तोला सुन, १२ सय तोला चाँदी, हिरामोती र केही गरगहना समेत पाएका थिए ।

prakash-saran

श्रम तथा रोजगार मन्त्री सुर्यमान गुरुङले दाइजोबापत ताप्लेजुङमा साढे चार रोपनी जग्गा पाएको विवरण छ । युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले पत्नीको माइतीबाट विवाहमा २ तोला सुन पाएको उल्लेख गरेका छन् ।

सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले छोराछोरीको मावलीबाट करिब ४ लाख रुपैयाँ पाएको उल्लेख गरेका छन् । शिक्षामन्त्री धनीराम पौडेल दाइजोमा गरगहना पाएको उल्लेख छ ।

sita-devi-yadav

शान्ति तथा पुर्ननिर्माण मन्त्री सीतादेवी यादवले ५३ तोला सुन पैत्रिक सम्पत्ति, माइतीबाट पाएको आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् । यसैगरि माइतीतर्फबाटै र छोराबुहारीको समेत १९२ तोला चाँदी सात थान हिराका औंठी रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।
सिंचाई मन्त्री दिपक गिरीको सम्पत्ति विवरणमा दाइजो बापत सुन, चाँदी, हिराको गहनालगायत पाएको उल्लेख छ । उद्योगमन्त्री नविन्द्रराज जोशीले पनि दाइजोबापत काठमाडौं भद्रवासमा ८ आना जग्गा पाएको विवरणमा उल्लेख गरेका छन् ।

यसैगरि स्वास्थ्यमन्त्री गगन थापाले आफ्नो सम्पत्ति विवरणमा १६ तोला सुन, २०० तोला चाँदी दाइजोमा पाएको उल्लेख गरेका छन्। दाइजोमा सहकारी तथा गरिबी निवारण मन्त्री ह्दयराम थानीले पनि ६६ तोला सुनका गहना, तीन किलो चाँदीका गहना र भाँडाकुँडा पाएका छन्।

संघीय मामिला तथा स्थानीय विकास मन्त्री श्रीप्रसाद जवेगुको सम्पत्ति विवरणमा उल्लेख १५ तोला सुन दाइजो र केही पैत्रिकबाट पाएको उल्लेख छ। कृषि विकास राज्यमन्त्री राधिका तामाङले पनि माइतीबाट ५ तोला सुन पाएको उल्लेख छ।

 पुस एक  गते शुक्रवार अद्यावधिक गरिएको

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: