शिक्षिकाको आर्थिक सहयोगपछि रक्त संचार केन्द्र सञ्चालन


प्रकाशित मिति :2016-12-16 10:55:55

महिला खबर
कपिलवस्तु । नेपाल रेडक्रस सोसाईटी कपिलवस्तु शाखाले तौलिहवास्थित आफनै भवनमा यही पुस १ गतेदेखि संचालन गर्ने तयारी गरेको रक्त संचार केन्द्रलाई एक शिक्षिकाले १ लाख २५ हजार रुपैयाँ नगद सहयोग गरेकी छन् । रेडक्रसको आफ्नै भवनमा आयोजित कार्यक्रममा बसन्तपुर गाबिस की शिक्षिका साधिका यादवले केन्द्र संचालनाका लागि सो रकम सहयोग गरेकी हुन् । दुई वर्ष अघि आइएनएफको सहयोगमा तौलिहवा अस्पतालमा केन्द्र संचालित गरिएको थियो, तर आर्थिक अभावका कारण ६ महिना देखि बन्द रहेको र अस्पतालमा शल्यक्रिया गरी उपचार गर्नुपर्ने बिरामीलाई रगत पाउन समस्या परेको कारण केन्द्र संचालनका लागि आफूले सहयोग गरेको शिक्षिका यादव बताइन् ।

यस्तै सोही कार्यक्रममा केन्द्र संचालनका लागि नेपाल रक्तदाता स्वयमसेवक संघका जिल्ला अध्यक्ष मन्दीप सिंहले पनि ५ हजार १ सय रुपैयाँ प्रदान गरेका थिए । सो अवसरमा नेपाल रेडक्रस सोसाईटी कपिलवस्तुका अध्यक्ष केशव सिंहले शिक्षिका यादवलाई दोसल्ला ओढाएर सम्मानित गर्दै रक्त संचार केन्द्रको संयोजकमा समेत मनोनित गरेका थिए । एकमहिना अघि शाखाको तौलिहवामा बसेको बैठकले केन्द्र रेडक्रसको आफ्नै भवनमा संचालन गर्ने निर्णय गरेको हुदा“ र शिक्षिका यादवले गरेको नगद सहयोगबाट शुक्रवारदेखि नै ब्लड बैंक आफ्नै भवनमा संचालन हुने छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: