सुत्केरी तथा गर्भवती महिलालाई सहयोग कार्यक्रम


प्रकाशित मिति :2016-12-16 14:14:59

महिला खबर

क्षमता अभिबृद्धि तालिममा सहभागी महिला स्वास्थ्य स्वयंसेविकाहरू

क्षमता अभिबृद्धि तालिममा सहभागी महिला स्वास्थ्य स्वयंसेविकाहरू

दोलखा । दोलखाको बाँबरे गाविसमा रहेका गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य सेवामा सहयोग पुर्‍याउने र भूकम्पपछि क्षतिग्रस्त स्वास्थ्य भवन निर्माण एवं व्यवस्थापन गर्न हुराडेक नेपाल दोलखाले मातृ शिशु स्वास्थ्य प्रर्वद्धन कार्यक्रम सञ्चालन गरेको छ ।

भूकम्पपछि बाँबरे गाविसमा स्वास्थ्य चौकीको भवन नहुँदा त्यहाँका सुत्केरी तथा गर्भवती महिलालाई समस्या भएकाले जिल्लामा नमूनाको रुपमा कार्यक्रम सञ्चालन गरिएको र त्यसले सुत्केरी तथा गर्भवती महिला विशेष रुपमा लाभान्वित भएको कार्यक्रम संयोजक सागर खड्काले बताए । ९ महिने कार्यक्रम अवधिमा ८० लाख रुपैयाँ बराबरको सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण तथा चेतनामूलक कार्यक्रम सञ्चालन गरिने संयोजक खड्काले बताए ।

कार्यक्रम अन्र्तगत बाँबरे गाविसमा रहेका २३ जना महिला स्वाथ्य स्वयंसेविका र वडा नागरिक मञ्चका संयोजक, आमा समूहका संयोजक तथा स्वास्थ्य क्षेत्रमा क्रियाशील केही शिक्षकलाई मातृ तथा शिशु बाल्यकालिन स्वास्थ्य सुधार सम्बन्धि तालिम समेत दिईएको हुराडेक नेपाल दोलखाले जनाएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार बाँबरे गाविसमा ५१ जना गर्भवती महिला र दुईसय ४२ जना सुत्केरी महिला रहेका छन् । कार्यक्रम अन्र्तगत १०३ जना सुत्केरी महिलालाई महिला तथा बालबालिकासँग सम्बन्धित सामग्री भएको डिगनिटी किट वितरण गरिएको कार्यक्रम संयोजक खड्काले बताए ।

कार्यक्रमको क्रममा गाविसमा गर्भवती तथा सुत्केरी महिलाको तथ्याङ्क सङ्कलनलाई निरन्तरता दिने, उनीहरूलाई आफ्नो स्वास्थ्य सुधारका लागि अपनाउनु पर्ने सर्तकता बारे जानकारी गराउने, नियमित स्वास्थ्य परिक्षणका लागि स्वास्थ्य संस्थामा जाने वातावरण बनाउने, स्वास्थ्य सुधार तथा जाँचका लागि आवश्यक सहयोग गर्ने, महिला स्वास्थ्य स्वयंसेवीकाहरूका लागि दक्षता अभिबृद्धि सम्बन्धि तालिम दिनेलगायतका गतिविधि सञ्चालन गरिने हुराडेक दोलखाका अध्यक्ष हाम पाठले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: