न्यायमा पहुँच वढाउन गाउँघरमा न्यायाधीश


प्रकाशित मिति :2016-12-16 15:11:46

महिला खबर

prg

सुनसरी । जिल्ला अदालतका मुख्य न्यायाधीशसहित न्यायालयको टोली आफ्नै गाँउघरमा आएर न्याय लिन अदालत आउन आग्रह गरेपछि स्थानीयवासी निक्कै उत्साहित देखिन्थे । न्यायिक वाह्य पहुँच कार्यक्रम लिएर न्यायाधीशहरू सुनसरीको मधेलीगाविस पुगेपछि स्थानीय उत्साहित बनेका हुन् । जिल्ला अदालत,मानवअधिकार सञ्चार प्रतिष्ठान र मधेली गाविसले कार्यक्रम आयोजना गरेका हुन ।

 जिल्ला अदालत सुनसरीका श्रेष्तेदार इन्द्रकमल प्रधानले जनतासँग निकट हुँदै जनतामा अदालत प्रतिको आस्था र विश्वास बढाउन अदालत जनताको घरदैलोमा आएको वताउनुभयो ।

कार्यक्रममा जिल्ला अदालतका न्यायाधीश किशोर घिमिरेले अदालत हाउगुजी हो र न्यायाधीश अर्कै ग्रहवाट आ्एका हुन भन्ने जस्तो भ्रम हटाउन यस्तो कार्यक्रम गरिएको वताउनुभयो । उहाँले अदालतको सेवा तथा मुद्दाको कार्यविधि वारे जानकारी गराउनुभयो । जिल्ला अदालतले गर्ने काम,मुद्दाको प्रकृया, अदालतले उपलब्ध गराउने निःशुल्क सेवालगायतका विषयमा पनि उहाँले जानकारी गराउनुभयो ।  अदालतले दोभाषेको समेत ब्यवस्था गरेकाले निर्धक्क न्याय लिन आउन उहाँले आग्रह गर्नुभयो ।

villagers-sunsari

 पहिलो पटक आफनो गाउँ आएका न्यायाधीशहरूलाई स्थानीय सर्वसाधारणले न्याय र कानुन सम्वन्धि बिभिन्न जिज्ञासा राखे । सर्वसाधारणले अझैपनि जनता अदालत जान डराउने गरेको जनाए । उनीहरूले अदालती प्रकृया लामो र झण्झटिलो हुने गरेको भएपनि केही सुधार हँुदै गएको वताएका थिए । केहीले अदालतको पहुँचमा पुग्नै गाह्रो पुगेपछि पनि सोचेजस्तो सरल तरिकाले न्याय नपाएको गुनासो गरे ।

धेरैले वालविवाह,नाताप्रमाणित,मोहीको समस्या, ऐलानी जग्गामा सुरक्षित वासस्थान लगायतका बिषयमा जिज्ञासा राखे । सर्वसाधारणले राखेका सवालको न्यायाधीश वद्रि प्रसाद ओलीले जवाफ दिनुभयो । उहाँले अदालत प्रति लाग्ने गरेका आरोप सुधार गर्न पहिलो पटक मधेली गाविस आएको बताउनुभयो । उहाँले न्यायको पहँचमा पुगेपनि आर्थिक अभाव भए अदालतले वैतनिक वकिलको व्यवस्था गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा मुख्य न्यायाधीश रमेश राज पोखरेलले अधिकारका बिषयमा मधेलीका जनता सचेत रहेको पाएको वताउनुभयो । अधिकार लिने क्रममा आउने न्यायिक समस्या समाधान गर्न न्यायालय आउन उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा जिल्ला न्यायाधिवक्ता भरतमणी रिजालले जिल्ला सरकारी वकिलको कार्यालयले गर्ने कामको वारेमा जानकारी दिनुभयो । वारका अध्यक्ष राजु ढकाल,गाविस सचिव गणेश भटटराई,माओवादी केन्द्र मधेली अध्यक्ष खगेन्द्र चौधरीले  कार्यक्रम प्रभावकारी रहेको वताउनुभयो ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: