सुजना पल्सर डेयरभेन्चर प्रतियोगिताको उत्कृष्ट दशमा


प्रकाशित मिति :2016-12-16 16:43:49

सन्तोषी श्रेष्ठ

15591790_606526242887240_1725281262_n
तनहुँ । तनहुँ बिमलनगरकी प्रोफेसनल लेडी स्टन्ट राइडर सुजना श्रेष्ठ ‘पल्सर डेयरभेन्चर’ प्रतियोगिताको उत्कृष्ट १० परेकी छन् । बजाज कम्पनीले आयोजना गरेको पल्सर डेयरभेन्चर रियालिटी शोमा उनी उत्कृष्ट १० मा पर्ने सफल भएकी हुन् ।

उनी देश भरीका हजारौं राइडरसँगै कडा प्रतिस्पर्धा गर्दै उक्त स्थान प्राप्त गर्न सफल भएकी हुन् । उपाधी जितेर तनहुँ जिल्लाको गौरव बढाउँदै आफू सबै माझ सफल साहसिक नारीको रुपमा देशभर चिनिने चाहना रहेको सुजना वताउँछिन् ।

15540258_606526256220572_616249838_o

पल्सर डेयर भेन्चर प्रतियोगिताको दोश्रो सिजन अन्तर्गत पहिलो चरणको अडिसन पछि फिजिकल, अब्स्ट्याकल, मेडिकल, एटिच्युट टेस्ट पार गर्दै उनी उत्कृष्ट १० मा परेकी हुन । उनी अहिले उपाधी लागि भिड्दै छन् ।

उपाधीका लागि आफूले कडा मेहनत गरेको सुजना वताउँछिन् । उनलाई जिताउन फेसबुकमा भोटको आवश्यकता पर्ने भएकाले उनले आफूलाई भोट गरेर हौसला दिन सवैलाई अपिल गरेकी छिन् ।

15571113_606526252887239_88432145_n

उनलाई भोट गर्न मोबाइलको म्यासेज बक्समा गइ PDV  टाइप गरी एक स्पेस दिएर Sujana  लेखेर  ३३१३१  मा पठाउनु पर्ने हुन्छ । एउटा मोबाइल मार्फत एउटा भोटमात्र मान्य हुने र जनवरी पाँच तारिकसम्म भोट गर्न सकिने बताइएको छ । साथै फेसबुक भोटको लागि Pulsar Nepal अफिसियल फेसबुक पेजमा रहेको उनको प्रतियोगी तस्बीरमा लाइक गरेर भोट गर्न सकिन्छ । प्रतियोगीतामा बिजेता हुनेले १० लाख रुपैयाँका साथमा पल्सर बाइक पुरस्कार प्रदान गरिने छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: