हिंसाको कारण रक्सी


प्रकाशित मिति :2016-12-18 12:22:46

पार्वती पाण्डे
कपिलवस्तु । मदिरा सेवनका कारण जिल्लामा लैङ्गिक हिंसा बढिरहेको एक सर्वेक्षणले देखाएको छ । जिल्लाको सौराहा, सिहोखोर र हर्दौना गाबिसमा गरिएको सर्वेक्षणले मदिरा सेवनका कारण ५९ प्रतिशत हिंसा हुने गरेको देखिएको हो ।

साथी संस्थाले तीनवटा गाविसका १२८ परिवारमा गरेको सर्वेक्षणमा ६१ परिवारले मदिरा सेवन गर्ने गरेको बताएका थिए । मदिरा सेवन गर्ने ६१ परिवार मध्ये ४९ जनाको परिवारमा १ जनालेमात्र मदिरा सेवन गर्ने गरेको भेटिएको छ । त्यसै गरी ५० उत्तरदाताले आफै मदिरा सेवन गर्ने र ३३ जनाले दैनिक मदिरा सेवन गर्ने गरेको जनाईएको छ ।

मदिरा सेवन गर्ने ३५ परिवारमा झगडा हुने गरेको, १४ परिवारमा दुर्घटना निम्तिएको, १६ जनामा कुटपिट र १ जनाले मानसिक सन्तुलन गुमाएको पाइएको  उक्त संस्थाका कार्यक्रम संयोजक खग प्रसाद चापागाईले जानकारी दिए । समुदायमा मदिरा सेवनले सबै उत्तरदाता मध्ये १२८ महिला र बालबालिकासँगै १२ बृद्धबृद्धा प्रभावित भएको जनाईएको छ ।
मदिरा सेवन गर्ने परिवारका ३६ जना बालबालिकाको शिक्षा प्रभावित हुनुका साथै ३८ परिवारमा सामाजिक असर परेको देखिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: