‘थाप्लोको नाम्लो विसाइयो’


प्रकाशित मिति :2016-12-18 13:48:25

अप्रिल अधिकारी

bus

रामेछाप । ‘हामीले त यो सुख भोग्न पाएनौं, तर अबका दिदिबहिनीलाई भारी बोक्ने काममा छुटकारा मिलेको छ’ खुसी हुदै हिमगंगा गाविसकी ८० वर्षीया काइली तमाङले भनिन् ।

रामेछापको पश्चिमी भेगमा रहेको हिमगंगा गाविसको बोलङ बोलङमा मोटरबाटो पुग्दा पुरुष भन्दा बढी महिला खुशी देखिन्थे । उनीहरू खुसी हुनुको एकमात्र कारण थियो करिब चार घण्टाको बाटो बोक्नुपर्ने भारी अब मोटरले बोकीदिन्छ भन्ने ।

तामाङ भन्छिन् ‘गाउँमा मोटर आउला भन्ने नै लागेको थिएन, तर आफ्नै आँखाले देख्दा दंग परें, आफ्नो त भारी बोकेरै उमेर गइहाल्यो अब केही गरौंला भन्ने छैन तर गाउँका दिदिबहिनीलाई भने सहज हुने भएको छ ।’

गाउँमा मोटरबाटो पुगेपछि औपचारिक उद्घाटनका क्रममा खुशी साट्दै सहभागी ।

गाउँमा मोटरबाटो पुगेपछि औपचारिक उद्घाटनका क्रममा खुशी साट्दै सहभागी ।

आफ्नो विगत सम्झँदै स्थानिय गोरीमाया तमाङले भनिन् ‘गाउँमा मोटरबाटो नपुग्दा चार पाँच घण्टा लागाएर खाद्यन्न बाकेर ल्याउनु पथ्र्यो, अव गाडीबाटै घरको दैलोमा सामान झर्ने भएको छ ।’

उनले गाउँमा पुरुषले भन्दा महिलाले बढी भारी बोक्नुपर्ने भएकाले मोटरबाटो पुग्दा महिलाका लागि ठूलो राहत भएको वताइन् । ‘गर्‍हौं भारी बोक्नुपर्दा गाउँका धैरे महिला दीर्घ रोगी समेत बनेका छन् । तर मोटरबाटो पुगेपछि समस्या कम हुने आशा छ’ स्वास्थ्य स्वयंसेविका गोरीमाया मगरले भनिन् ।

गाउँमा सडक पुर्‍याउन खनिएको पाखाको दृश्य ।

गाउँमा सडक पुर्‍याउन खनिएको पाखाको दृश्य ।

२०७२ वैशाखबाट बोलङ बोलङमा मोटरबाटो पुर्‍याउन खन्ने काम थालिएको हो । रामेछाप क्षेत्र नं. एकका सासंद आङटावा शेर्पाले सडक निर्माणका लागि निर्वाचन क्षेत्र विकास कोषबाट रकम दिएका थिए ।गाउँमा मोटरबाटो पुर्‍याउने आफ्नो प्रतिवद्घता पूरा गरेको भन्दै महिलाले शेर्पालाई फुलमाला लगाएर स्वागत गरेका थिए । मोटरबाटो ल्याउनका लागि गाउँलेहरुले श्रमदान गरेका थिए ।

६६ लाख ८० हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न रामपुरको हाडेटार–बोलङ बोलङ ७ किलोमिटर सडक निर्माणका लागि संसद निर्वाचन क्षेत्र विकास कोषबाट २४ लाख,  बैदेशिक रोजगारीमा रहेका लाहुरेबाट २३ लाख, गाउँले १३ लाख ५८ हजार, गाविस र गाउँमा रहेका सामुदायिक वनहरूको समेत बजेट गरी जोहो गरिएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: