महिला हिंसाका त्रिसठ्ठी घटना, रुकुममा तीनको हत्या


प्रकाशित मिति :2016-12-18 14:04:21

महिला खबर
सुनसरी । मोरङमा एक वर्षको अवधिमा ६३ वटा महिला हिंसाका घटना भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्रका अनुसार सन् २०१६ को जनवरीदेखि नोेभेम्बरसम्मको अवधिमा घरेलु हिंसाबाट ५० जना महिला पीडित भएका छन् । सो अवधिमा बलात्कारबाट २३ जना र बलात्कारको प्रयास र यौनजन्य दुव्र्यवहारबाट तीन जना पीडित भएका छन् । बलात्कारको घटनाबाट पीडित २३ मध्ये १६ जना बालिका रहेका छन् । त्यसैगरि बहुविवाह र बोक्सीको आरोप दुव्र्यवहारका एक, एक घटना भएका छन् ।

मोरङमा मानव अधिकार हनन् र ज्यादतीका ९९ वटा घटना अभिलेख गरिएको इन्सेक मोरङ प्रतिनिधि इन्दिरा भट्टराईले जानकारी दिनुभयो । उहाँले मोरङमा एक वर्षको अवधिमा चारजना महिलाको हत्या भएको तथ्याकं प्रस्तुत गर्नुभयो । उहाँले सो अवधिमा गैरराज्य पक्षबाट १० जना पुरुष र ३ जना महिलाको हत्या गरिएको र राज्यपक्षबाट २ पुरुष र १ महिलाको हत्या भएको सूचना दिनुभयो ।

यसैवीच रुकुममा घरेलु हिंसाका कारण तीनजना महिलाले ज्यान गुमाएका छन् भने अन्य दुई महिलाको रहस्यमय रुपमा हत्या गरिएको छ । इन्सेकका अनुसार बोक्सी आरोपको पनि एक घटना रहेको छ भने बलात्कारका नौवटा घटना भएका छन्, जसमा ११ वर्षकी बालिकादेखि ५० वर्षकी वृद्धा समेत पीडित भएका छन् ।

त्यस्तै महिला हिंसा अन्र्तगत नौवटा घटना बहुविवाहका छन् । जिल्लामा यो वर्ष महिला अधिकार हनन्का घटनामा वृद्धि भएको रुकुमका ईन्सेक प्रतिनिधि आर्दश केसीले जानकारी दिनुभयो । उहाँले प्रहरी कार्यालयमा धेरै घटना दर्ता भएपनि मुद्दाको रुपमा अगाडि बढाइएका घटनालाई मात्र इन्सेकले आफ्नो प्रतिवेदनमा समेट्ने जानकारी दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: