बलात्कृत भइने डरले गर्भनिरोधक ‍‌औषधि लिन्छन् महिला आप्रवासी


प्रकाशित मिति :2016-12-18 16:42:12

महिला खबर

migrant
एजेन्सी । बेलायत प्रवेश गराईदिने बाचा गरेर महिला आप्रवासीसँग यौनकार्यका लागि माग गर्ने गरेको अधिकारकर्मीहरूले बताएका छन् । उनीहरूका अनुसार युद्धग्रस्त तथा राजनैतीक अस्थिरता र गरिब मुलुकबाट बाहिरिने महिला आप्रवासीहरू बाटोमा बलात्कार भइने डरमा गर्भनिरोधक ‍‌औषधि बोक्न बाध्य छन्।

न्यूयोर्क मानव अधिकार वाचका अनुसन्धानकर्मी हिलारी मारगोलिस भन्छिन् ‘महिला तथा किशोरीहरू देश छाडेर अन्यत्र बसाई सर्दा यात्रामा यौन दुर्व्यवहारको शिकार भइने डरमा पूर्वसावधानीका रुपमा उनीहरूले गर्भनिरोधक सुई लगाउने गरेका छन् । महिला तथा किशोरीहरू यात्रामा यौन दुर्व्यवहारको सिकार भइने भन्ने थाहा पाएरपनि जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। ‘

यूएन शरणार्थी संगठनका अनुसार गत वर्ष ६ करोड ५३ लाख मानिस घरबाट विस्थापित भएका छन्, जुन संख्या विगत ५ वर्षमा ५० प्रतिशतले बृद्धि भएको हो। तथ्याङ्का अनुसार ८६ प्रतिशत शरणार्थीलाई विकाशसील देशहरूले धानिरहेका छन्।

हाल टर्कीमा मात्रै २७ लाख सिरीयन शरणार्थि रहँदै आएका छन्। यूनिसेफका अनुसार फ्रान्सको शरणार्थी शिविरमा रहेका बालवालिकाहरू बलात्कार, हिसां तथा अन्य यौन हिसांका सिकार भएका छन्।

यूनिसेफले जनाए अनुसार किशोरीहरूलाई बेलायत प्रवेश गराईदिने भन्दै यौन कार्यका लागि सहमति गराइने गरेको पाइएको छ। एमनेष्टि ईनटरनेशलनले लिबिया जाँदै गरेकी एक महिलासँग गरेको कुराकानीमा ती महिलाले भनेकी छन् ‘यात्रामा बलात्कार भन्ने कुरा सामान्य हो ।’

उनीहरू यात्रा भरी यौन हिसांको सिकार भइने डरै डरले बसिरहेका हुन्छन्। त्यसैले गर्भरहन नदिन आफूसँग गर्भनिरोधक ‍‌औषधि राख्ने गर्दछन्।

मारगोलिसले भने अनुसार उनले धेरै महिलालाई भटेकी छन् जसले लिबिया छिर्नु पुर्व बलात्कारको डरले अगाडि नै गर्भनिरोधक ‍‌औषधि खाएका थिए।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: