सरस्वतीको मृत्युबारे छानबिन गर्न माग


घटना अध्ययन गर्दैछौंः प्रहरी

प्रकाशित मिति :2016-12-19 12:11:00

दुर्गा देवकोटा
tikapur-newsटीकापुर । लम्कीस्थित चुहा नगरपालिका भल्काकी सरस्वती बसुटेलको मृत्यु रहस्यमय भएको भन्दै उनका माइतीले सत्यतथ्य पत्ता लगाउन माग गरेका छन् । बसुटेलका भाई चक्र तिमिल्सेनाले आइतबार टीकापुरमा पत्रकार सम्मेलन गरी दिदीको हत्या परिवारबाटै भएको भन्दै पीडकलाई कारवाहीको माग गर्नुभएको छ ।

तिमिल्सेनाका अनुसार लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत मंसिर २४ गते भएको एक कार्यक्रममा सहभागी भएर सरस्वती बेलुकी पाँच बजे नै घर फर्किएकी थिइन् । घर फर्किएपछि ससुरा र श्रीमान् मिलेर उनको हत्या गरेको उहाँको आरोप छ । दिदीको सन्तान नभएकै कारण भिनाजु बालाराम बसुटेलले विभिन्न खाले हिंसा गर्दै आएको उनको भनाई छ । दिदीको मृत्यु भइसकेको खबर ढिलो गरि र अरुले भनेपछि मात्रै थाहा पाएको भन्दै उहाँले हत्यालाई आत्महत्या भन्दै ढाकछोप गर्न खोजिएको समेत बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय कैलालीले हाल सरस्वतीका ससुरा कृष्णप्रसाद र पति बालारामलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक मदन कुंवरले भन्नुभयो, ‘अहिले हामी अनुसन्धानको क्रममा छौं । सत्य पत्ता लाग्नेछ, दोषी उम्कने ठाउँ छैन ।’

मृतक सरस्वती अन्र्तपाटी महिला संजाल लम्कीको पूर्व अध्यक्ष तथा नेपाल महिला संघको सभापति समेत रहनुभएको थियो । सरस्वतीको मृत्यु भएपछि लम्की क्षेत्रका राजनीतिक, सामाजिक संघसंस्थाका महिलाहरुले घटनाको सत्य थत्य छानविनको माग गर्दै पीडकलाई कारवाहीको माग गर्दै विज्ञप्ती समेत जारी गरेका छन् । हिंसा विरुद्धको अभियान चलिरहेकै बेला एउटी महिलाको रहस्यमय मृत्यु हुनुले महिलाको सुरक्षा अवस्था गम्भिर भएको भन्दै घरेलु हिंसा वा मानसिक तनावले अकालमा महिला मर्ने र मारिने कार्यको अन्त्यको माग गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: