उपलब्धी पायौं, अवशर पाएनौं : महिला नेता


प्रकाशित मिति :2016-12-19 14:43:44

महिला खबर

sankalp
ललितपुर । राज्यको पुर्नसंरचना र स्थानीय तहको निर्वाचनको वहस भइरहेका बेला यी संरचना र स्थानीय तहमा महिलाको अर्थपूर्ण सहभागितालाई सवैले साझा मुद्दा बनाउनुपर्ने महिलाहरूले बताएका छन् । संविधानले महिला सहभागिताका कुरा सुनिश्चित गरेपनि यसको कार्यान्वयन नहुँदा चूनौतिपूर्ण बन्दै गएको उनीहरूले बताए ।

नयाँ कार्यसमितिलाई शुभकामना दिन संकल्पद्वारा आयोजित अन्तर्क्रियामा बोल्दै नयाँ शक्ति नेपालका नेता हिसिला यमीले भन्नुभयो ‘सर्वोच्च निकायमा महिला त छन्, तर जरो बलियो भएन, जनसम्म जरो बलियो हुँदैन त्यो दिगो हुँदैन ।’ उहाँले अब महिला अधिकार, हिंसा र सहभागिताका कुरा महिलालेमात्रै होइन पुरुषले उठाउनुपर्ने भन्दै महिलाका हरेक मुद्दामा पुरुष सहभागिता अनिवार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेसका नेता पुष्पा भुषालले स्थानीय तहमा महिला सहभागिताका लागि संविधानले व्यवस्था गरेपनि महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नभएका कारण यसको कार्यान्वयन चूनौतिपूर्ण रहेकाले महिला आन्दोलनको कठिन यात्रा अझै बाँकी रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘उपलब्धी पायौं, अवशर पाएनौं ।’

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता जयपुरी घर्तीले स्थानीय, प्रदेश र केन्द्र तीनवटै तहको निर्वाचनमा महिला सहभागिता सुनिश्चित गर्न सवै महिला जाग्नुपर्ने बेला भएको बताउनुभयो ।

कार्यक्रममा सत्यनिरुपण तथा मेलमिलाप आयोगका आयुक्त माधवी भट्टले द्वन्द्व पीडित महिलाका मुद्दा साझा भएको भन्दै उनीहरूको न्यायमा ढिलाई र सम्झौता गरिए शान्ति प्रक्रिया टुँगोमा नपुग्ने औंल्याउनुभयो । स्रोत र ऐन नियमको अभावमा आयोग दुईवर्ष पुग्दासम्म अनुसन्धानको फाइल खोल्नै नसिकिरहेको उहाँको भनाइ थियो ।

बेपत्ता छानवीन आयोगका आयुक्त विष्णु पाठकले आयोगलाई पीडितमैत्री बनाउन यस क्षेत्रमा काम गर्नेहरूसँग सहकार्य गर्न खोजीरहेको औंल्याउनुभयो ।

कार्यक्रममा बोल्दै संकल्पका नवनियुक्त अध्यक्ष लिली थापाले राज्य पुर्न संरचना हुँदा महिलाको सहभागिता बढाउन के गर्न सकिन्छ यसमा वहस जरुरी रहेका बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: