टहरामा बढ्यो बलात्कार


प्रकाशित मिति :2016-12-19 15:06:42

विदुर आचार्य

camp

सिन्धुपाल्चोक । गत २३ मंसिरमा बाह्रविसे गाविसकी रमिता गिरीले (नाम परिवर्तन) बलात्कारमा परेको भन्दै ईलाका प्रहरी कार्यालय बाह्रबिसेमा रिपोर्ट लेखाइन् । उनको जाहेरी अनुसार उनी आफन्तबाटै पीडित भएकी हुन् । १० मंसिरमा किउल गाविसमा वृद्धले वलात्कार गरेको भन्दै एक महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् । उनले उजुरीमा पीडकले आफू बसिरहेको टहरोमै आई बलात्कार गरेको बताएकी छिन् । सोही उजुरीको आधारमा प्रहरीले ७० वर्षका स्थानीय सेते तामाङलाई पक्राउ गरेको छ ।

यसैगरि, ६ मंसिरमा पाङ्ग्रेटारकी २९ वर्षिय एक महिला आफन्तबाटै बलात्कृत भईन् । उनको उजुरीको आधारमा प्रहरीले सोही ठाँउका २३ वर्षिय गोविन्द नेपालीलाई पक्राउ गरेको छ । नेपालीले उसको टहरोमा लगि जर्बजस्ती गरेको पीडितले उजुरीमा उल्लेख गरेकी छिन् ।

यसअघि, ३ असारमा टहरोमै एक किशोरी बलात्कृत भएकी थिइन् । जिल्लाको विकट गाँउ लिस्तिकोटकी ती १६ वर्षीया किशोरीले आफू टहरोमा बसिरहेको समयमा सोही ठाँउका पासाङ तामाङले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिईन् ।

प्रहरीका अनुसार भूकम्पछि खासगरि टहरोमा बस्ने महिला तथा बालिकाले बलात्कार र यौन दुव्र्यवहारबारे उजुरी दिने क्रम बढेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको तथ्याङ्क अनुसार साउन पहिलो सातायता नौ वटा बलात्कारका उजुरी परेको छ, जसमा तीनवटा मंसिर महिनामा दर्ता भएका हुन् ।

भूकम्पपछि जिल्लामा आत्महत्याका घटनामा पनि वृद्धि भएको छ । प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार आत्महत्या गर्नेमा पुरुषभन्दा महिला बढी छन् । जिल्लामा साउनयता १५ महिलाले आत्महत्या गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: