महिला स्वास्थ्य स्वयंसेविकाले राखे चौध सुत्रिय माग


प्रकाशित मिति :2016-12-19 16:16:02

महिला खबर

ध्यानाकर्षण पत्रबारे छलफलपछि स्वास्थ्य स्वयसेविका

ध्यानाकर्षण पत्रबारे छलफलपछि स्वास्थ्य स्वयसेविका

सिरहा । महिला स्वास्थ्य स्वयम सेबिकाहरूलेको संगठन स्वास्थ्य स्वयंसेविका संघ सिरहाले स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराउदै १४ सुत्रिय माग प्रस्तुत गरेका छन् । स्वयंसेविकाहरूले विशेष प्रोत्साहन भत्ता स्वरुप बार्षिक २४ हजार रुपैयाँ उपलब्ध गराउनुपर्ने , स्वयंसेविकाको स्वास्थ्य बिमा गरिनुपर्ने , कार्यस्थलमा दुर्घटनामा परी औषधी उपचार गराउनु परेमा वा मृत्यु भएमा पाँच लाख रुपैयाँको बिमाको व्यवस्था गरिनुपर्ने माग राखेका छन् ।

शारीरिक कारण वा उमेर हद वा अन्य कारणले सेवा अवकास हुँदा बार्षिक दश हजारका दरले एकमुष्ट रकम बुझाउनुपर्ने, स्वास्थ्य स्वयम सेबिका बारे नीति नियम बनाउदा स्वयंसेविकालाई सहभागी गराउनु पर्ने , सम्पूर्ण स्वास्थ्य स्वयसेविकालाई स्वास्थ्य मन्त्रालयबाट परिचालन गर्नुपर्नेलगायतका माग उनीहरूले अघि सारेका छन् । संघले स्वास्थ्य मन्त्री गगन थापालाई आफूहरूका मागसहितको ध्यानाकर्षण पत्र पठाएको जानकारी दिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: