वैैदेशिक रोजगारीले दिएको पीडा


प्रकाशित मिति :2016-12-19 17:05:19

महिला खबर

migrant-womenललितपुर । दोलखाकी सुनीता भण्डारी गतसाल लेवनानवाट स्वदेश फर्किन् । दुई वर्षका लागि वैदेशिक रोजगारका लागि गएकी उनी थप एकवर्ष उतै बसिन् । पैसा कमाएर आफूले देखेको सपना पुरा हुने आशामा लेवनान गएकी सुनीताले त्यहाँ निकै दुःख र पीडा परेको सुनाउँछिन् ।

सुनिताले भनिन् ‘विदेशमा पैसा कमाउने सपना लिएर गएँ, तर दु.खमात्र लिएर आएँ । तीन वर्षपछि घर फर्किएँ, तर दु.खले छाडेन,घर आएपछि अझ् नराम्रो व्यवहार घरपरिवारवाट भयो ।’

सुनिता परदेशवाट फर्किएपछि घरपरिवारले पैसा नलिइ आएको भन्दै नराम्रो व्यवहार गर्ने गरेको वताउँछिन् । परिवारले नराम्रो व्यवहार गरे, तरपछि उनीहरूलाई सामाजिक मनोविमर्श गरेपछि राम्रो व्यवहार गर्ने थालेको उनले बताइन् । सुनिताले अहिले तरकारी व्यवसाय गर्दै आएकी छिन् ।

सुशिला सिटौला भारतको बाटो हुँदै दुवई पुगिन् । त्यहाँ उनी घरेलु कामदार थिइन् । उनी जुन घरमा काम गर्थिन् उनीमाथि कुटपिट हुन्थ्यो । त्यसपछि उनले घर परिवर्तन गरिन् । तर त्यहाँपनि उनीमाथि कुटपिट भयो । त्यसपछि उनी एकजना नेपाली कै सहयोगमा नेपाली दुतावासमा गएर नेपाल फर्किन सफल भएकी हुन् ।

चितवनकी अनुपा गुरुङ पनि लेवनानमै घरेलु कामका लागि गएकी थिइन् । तर भाषा नबुझेका कारण धेरै समस्या भोग्नुपरेको सुनाउँछिन् । विरामी पर्दा समेत काम गर्नुपर्ने बाध्यता रहेको उनले सुनाइन् ।

वैदेशिक रोजगार विभागको तथ्याङक अनुसार आर्थिक वर्ष २०७३/०७४ को कात्तिक महिनामा मात्रै २७ हजार ६ सय ९९ जनाले श्रम स्वीकृति लिएका थिए जसमा १ हजार ४ सय ७१ जना महिला छन् । विदेश जानेमा युइएमा ७ सय ८ जनाले महिला छन् भने कतारमा १ सय चौरानब्बे र मलेशिया जानको लागि श्रम स्वीकृति लिनेमा १ सय अठतिस जना महिला रहेका छन् ।

नेपाल सरकारले वैदेशिक रोजगारका लागि भनेर एक सय दश देश खुल्ला गरेको छ जसमा अहिले अफगानिस्तान बन्द गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: