कतारमा दोलखाकी एक युवतीको मृत्यु


शव ल्याउने पहल गरिदिन हार गुहार

प्रकाशित मिति :2016-12-20 11:06:06

सर्मिला बुढाथोकी

मृतक विन्दु थामी

मृतक विन्दु थामी

दोलखा । कतारमा रहस्यमय रुपमा मृत्य भएकी दोलखा लापिलाङ्ग गाविसकी विन्दु थामीको शव करिव दुई सातादेखि अलपत्र परेपनि स्वदेश ल्याउने पहल हुन सकेको छैन । मृतकको भाइ गोविन्द थामीले परराष्ट्र मन्त्रालयले तीन दिनभित्र शव आउँछ भनेकोले आफू काठमाडौँमा रहेपनि ल्याउने पहल नभएको बताए ।

वैदेशिक रोजगारीको शिलशिलामा डेढवर्ष अघि कतार पुगेकी दोलखा लापिलाङ्ग गाविसकी मसली थामीकी २८ वर्षीया छोरी विन्दु थामीको गत मंसिर २४ गते रहस्यमय तरिकाले मृत्यु भएको परिवारको भनाइ छ । कतारको दोहास्थित आफू वस्ने घरको तेस्रो तल्लामा उनलाई मृत अवस्थामा भेटिएको उनका भाइ गोविन्दले बताए । तर दुई साता वित्न लाग्दा समेत घट्नाको छानविन र शव स्वदेश ल्याउनेवारे सम्वन्धित निकायले कुनै पहल नगरेको गोविन्दले गुनासो गरे ।

‘घट्नाको सत्यतथ्य छानविन गर्न, दोषीलाई कारवाहीको दायरामा ल्याउन, शव स्वदेश फर्काउन र उचित क्षतिपुर्तिको व्यवस्थाका लागि मेनपावर, वैदेशिक रोजगार विभागलगायतका निकायमा हारगुहार गरेपनि कुनै सुनुवाई भएको छैन’ उनले भने ।

कतार सरकारले आत्महत्या गरेको भनेको छ, तर हामीलाई त्यसमा विश्वास छैन उनले भने – ‘कोठामा संगै बस्ने साथीसँग झगडा भएको भन्ने सुनेको थियौं त्यसैको कारणले हत्या भएको हुन सक्छ ।’

मृतकको शव दोहास्थित एक अस्पतालमा रहेको वताईएको छ । मृतकका आफन्तजनले एकपक्षिय रुपमा घट्नाको छानविन गराएर घट्नालाई आत्महत्या वनाई दोषीलाई उन्मुक्ति दिने र पीडित परिवारलाई क्षतिपुर्ति नदिलाउने चलखेल भएकोे गुनासो गरेका छन् । मृतकका दाई सपुन थामीले मृतकको शरिरमा चोटपटक र निलडाम भेटिएको भन्दै उनको हत्या भएको बताए । तर प्रमाण नष्ट गरेर हत्यारालाई उन्मुक्ति दिने र आफूहरूलाई थप पिडा दिने काम भैरहेको उनको गुनासो छ । मृतक थामीलाई काठमाडौं धापासीस्थित एसओएस मेनपावरले क्लिनरको रुपमा डेढ वर्षअघि कतार पठाएको हो । उक्त कम्पनीले कतारवाट प्रहरी रिर्पोट प्राप्त भएपछि मात्रै अन्य प्रक्रिया अघि वढ्नसक्ने जनाएको छ । असुरक्षित मानिएको खाडी मुलुकमा यसअघि महिला कामदार पठाउन सरकारले प्रतिवन्ध लगाएपनि फुकुवा गरिसकेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: