बेलिना थापा
लमजुङ । एकहप्तादेखि बढको चिसोका कारण जिल्ला सामुदायिक अस्पताल बेसीशहरमा रुघा, खोकी, ज्वरो र निमोनियाका बिरामीको संख्या बढ्दै गएको छ । विरामीमध्ये नवजात शिशु र बालबालिकाहरू निमोनियाको जोखिममा रहेका छन् । चिसोका कारण लमजुङका ग्रामीण भेग र बाहिरी जिल्ला मनाङबाट पनि बिरामी आउन थालेको सामुदायिक अस्पतालका जनसम्पर्क अधिकृत शान्तीराम राइले बताउनुभयो ।
मौसम परिवर्तनसँगै वातारणको आद्रतामा पनि फेरबदल हुने भएकाले जाडो समयमा विभिन्न खाले संक्रामक रोगले सताउने चिकित्सकहरू बताउँछन् । विशेषगरी अस्वस्थकर बानी व्यवहारका कारण रुघा, खोकी र ज्वरोको समस्या हुने भएकोले चिसो मौसममा शरीरको पहिरन र खानपानमा बढी ध्यान दिनुपर्ने सामुदायिक अस्पतालका सर्जन डाक्टर प्रकाश शाहले बताउनुभयो । उहाँले चिसोबाट स्वास्थ्यमा विभिन्नखाले समस्या उत्पन्न हुने भएकाले यो समयमा स्वास्थ्यको विशेष ख्याल राख्न पनि सुझाउनुभयो ।
Comment Here!