सुरक्षित प्याड बनाउँदै महिला स्वास्थ्य स्वयंसेविका


प्रकाशित मिति :2016-12-20 12:49:51

सर्मिला बुढाथोकी

सुरक्षित प्याड बनाउन सिक्दै महिला स्वास्थ्य स्वयंसेविका

सुरक्षित प्याड बनाउन सिक्दै महिला स्वास्थ्य स्वयंसेविका

दोलखा।  महिनावारी हुँदा लगाउने सुरक्षित प्याडको अभावले पाठेघरको मुखको संक्रमणको समस्या भोगेकी सुष्पा क्षमावतीकी स्वयंसेवीका राधा शिवाकोटी अब आफै सुरक्षित घरेलु प्याड बनाउन सक्ने भएकी छिन् । ‘घरेलु प्याड बनाउन पनि नआउने, सँधै किनेर प्रयोग गर्न पनि आर्थिक समस्या हुन्थ्यो त्यसैले मैले संक्रमणको समस्या भोग्नु पर्‍यो’ उनले भनिन् ।

सस्तोमा आफैले प्याड तयार गर्न सक्ने भएपछि राधा आफ्नो वडाको आमा समूहका महिलालाई घरमै बोलाएर प्याड बनाउन सिकाउने तयारीमा रहेको बताउँछिन् । महिनावारी भएका बेला सफा प्याड प्रयोग नगर्दा पाठेघरको मुखमा संक्रमण हुन सक्छ । आफैंले प्याड बनाउन जाने सबैले सफा प्याडको प्रयोग गर्छन् भन्ने अपेक्षाले अरुलाई पनि सिकाउने तयारीमा रहेको स्वास्थ्य स्वयमंसेविका राधाले बताईन् । ‘प्याडको अभावमा मैले जस्तो समस्या अरु ग्रामीण विपन्न महिलाले भोग्नु नपरोस भन्ने मेरो उद्देश्य छ’ – उनले भनिन् ।

pad3-1

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाले ग्रामीण क्षेत्रका महिलालाई लक्षित गर्दै दोलखाको लापिलाङ र सुष्पा क्षमावती गाविसका स्वयंसेविकाहरूलाई घरेलु प्याड बनाउने तालिम दिएपछि राधा जस्तै ३३ जना महिला स्वयंसेविका घरेलु प्याड बनाउन सक्ने भएका छन् ।
महिनावारी भएका बेला जस्तो पायो त्यस्तै कपडाको प्रयोग गरिन्छ । मेडिकलमा किन्न पैसाको अभाव भएकाहरूका लागि आफैले बनाएको प्याड प्रयोग गर्न सके आर्थिक र स्वास्थ्यका हिसावले फाइदा हुने अर्की स्वयंसेविका प्रतिमा थामीको भनाई छ ।

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाले भूकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत आयोजना गरेको घरेलु प्याड बनाउने तालिमका सहभागीले महिनावारी भएका बेला सफा र सुरक्षित प्याडको प्रयोग गर्नुपर्छ भन्ने थाहा भएपनि सुरक्षित प्याडको अभावले पाठेघरको मुखमा संक्रमण हुने गरेको बताएका थिए ।

महिला स्वयंसेविकाहरूले घरेलु प्याड बनाउने तालिम लिएपछि स्थानिय ग्रामीण महिलालाई सिकाउने र यसले उनीहरू आफ्नो स्वास्थ्य सुरक्षामा आफै प्रशिक्षित हुने अपेक्षा गरिएको नेपाल रेडक्रस सोसाईटी दोलखाकी राधा मास्केले बताईन् । घरेलु प्याड निर्माण सम्बन्धि तालिम लिएका महिलाहरू व्यवसायीक बने झन राम्रो हुने भएकोले उनीहरूलाई व्यवसायीक बनाउन समेत प्रयास गरिने मास्केले बताईन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: