प्रसूति केन्द्रको अभावमा गोठमै बच्चा जन्माउँन बाध्य


प्रकाशित मिति :2016-12-20 14:46:05

प्रकाश सिंह

गोठमा बसिरहेकी सुत्केरी समुन्द्रा कठायत । १५ मिनेटको दुरीमा रहेको वाई स्वास्थ्य चौकी भएपनि प्रसूति केन्द्र स्थापना नभएकाले उनले गोठमै बच्चा जन्माईन् ।

गोठमा बसिरहेकी सुत्केरी समुन्द्रा कठायत । १५ मिनेटको दुरीमा रहेको वाई स्वास्थ्य चौकी भएपनि प्रसूति केन्द्र स्थापना नभएकाले उनले गोठमै बच्चा जन्माईन् ।

कोल्टी । वाई गाविसकी समुन्द्रा कठायतलाई सुत्केरी व्यथा लाग्ने बितिकै १५ मिनेटको दुरीमा रहेको वाई स्वास्थ्य चौकीमा लैजान खबर गरे, तर त्यहाँ प्रसूति केन्द्र स्थापना नभएको भन्दै उनलाई स्वास्थ्यकर्मीले नै घरमै बच्चा जन्माउन सल्लाह दिए । समुन्द्राले पुरानै तरिकाबाट गाउँकै महिलाको सहयोगमा गोठमै बच्चा जन्माईन् । बच्चाको नाल खिया लागेको हसियाबाटै काटे । उनी सुत्केरी भएको सात दिन भएको छ ।

समुन्द्रा पढेलेखेकी महिला हुन् । उनलाई स्वास्थ्य चौकीमा सुत्केरी सेवा लिनुपर्ने जानकारी छ, साथै सुत्केरी गराए बापत १५ सय रुपैयाँ प्रोत्साहन भत्ता पाइने पनि थाहा छ । तर स्वास्थ्य चौकीमा प्रसूति केन्द्र नभएपछि सुत्केरी गराउन पनि नमिल्ने र भत्ता पनि नपाउने स्वाथ्यकर्मीले नै भनेपछि बाध्य भएर आफूले घरकै गोठमा बच्चा जन्माएको समुन्द्राले वताईन् ।

sutkeriदुई हप्ताअघि वाई कै कुशा महताराले पनि स्वास्थ्य चौकीले प्रसूति केन्द्र स्थापना नभएको भन्दै घरमै बच्चा जन्माएको वताईन् । कुशा र समुन्द्रा जस्तै वाई गाविसका गर्भवती महिलाले घरमै बच्चा जन्माउने गरेका छन् । स्वास्थ्य चौकीमा प्रसूति केन्द्र स्थापना नभएको प्रोत्साहन भत्ता पनि नदिने भएकाले सुत्केरी सेवा लिन नआउने गरेको वाई स्वास्थ्य चौकीमा कार्यरत अनमी कौशिला कार्की वताउँछिन् । उक्त स्वास्थ्य चौकीलाई जिल्ला स्वास्थ्य कार्यालयले सुत्केरी सेवाको अनुमति पनि नदिएको उनले बताइन् ।

मातृ तथा शिशुमृत्युदर घटाउन सरकारले सुत्केरी सेवा स्वास्थ्य चौकीमा लिनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । स्वास्थ्य संस्थामा सुत्केरी गराए बापत प्रोत्साहन भत्ताको समेत व्यवस्था छ । बाजुराको वाई गाविसमा प्रसूति केन्द्र स्थापना भएको छैन् ।

उक्त गाविसमा आई. एन. एफ, फेज नेपाल, सुआहारा, युनिसेफ, युएनएफपीएलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र नेपाल सरकार जिल्ला स्वास्थ्य कार्यालयले गर्भवती महिला, नवजात शिशुलगायत स्वास्थ्य क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका छन् । तर यो गाविसका महिला न त नियमित गर्भ जाँच गर्न स्वास्थ्य चौकी जान्छन नत सुत्केरी हुन । वाई गाविसका ईन्चार्ज नरेन्द्र बुढाले प्रसूति केन्द्र स्थापनाका लागि पहल गरिरहेको जानकारी दिए । पुर्वाधार तयार नहुँदा केन्द्र स्थापना हुन नसकेको उनी वताउँछन् ।

वाई जस्तै प्रसूति केन्द्र स्थापना नभएका बाजुराका जुकोट, जगन्नाथ, कोटिला र बिच्छँया गाविसका महिलाले पनि घरमै बच्चा जन्माउने गरेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका सूचना अधिकारी रामचन्द्र यादवले वताए ।

स्थानिय स्वास्थ्य व्यवस्थापन समितिले केन्द्रका लागि सबै पुर्वाधार र दक्ष जनशक्ति तयार गरेको निवेदन आफूकहाँ दिएपछि मात्र प्रसूति केन्द्र स्थापनाका लागि स्वीकृति दिन मिल्ने यादवले वताए । यी स्वास्थ्य संस्थामा भौतिक पुर्वाधार र जनशक्ति नभएकाले केन्द्र स्थापना हुन नसकेको उनको भनाइ छ । उनी भन्छन् ‘स्थानियकै कमजोरी हो ।’ प्रसूति सेवा केन्द्र स्थापना नभएको ठाउँका महिलाले प्रोत्साहन भत्ता नपाउने गरेको पनि उनले वताए ।

स्वास्थ्य चौकीमा प्रसूति केन्द्र स्थापना नहुँदा महिला र बच्चा निकै जोखिममा रहेको र उनीहरूको स्वास्थ्य नाजुक हुने गरेको वाई गाविसमा फेज नेपालमा कार्यरत अनमी चित्रा कुमारी तामाङ बताउँछिन् । घरमै बच्चा जन्माउँदा महिलामा संक्रमण बढ्ने र बच्चामा निमोनियाको संक्रमण जस्ता समस्या हुने गरेको उनले वताईन् । वाई स्वास्थ्य केन्द्रमा मात्र यस्ता समस्या भएका सुत्केरी महिला र बच्चा धेरै आउने गरेको वाई स्वास्थ्य केन्द्रले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: