महिला खबर

कमफोर्ट विमेन (ईम्पेरियल वार म्यूजियमले प्रकाशित गरेको तस्विर)
एजेन्सी। कमफोर्ट विमेन ती महिला तथा किशोरी हुन् जसलाई दोस्रो विश्व युद्ध अघि र दोस्रो विश्व युद्धको अवधिमा जापानी सेनाले आफूले कब्जामा लिएका ठाउँमा जबरजस्ती यौन दास बनाएर राखेका थिए। ती महिला तथा किशोरीलाई विभिन्न कमफोर्ट स्टेसनहरूमा जापानी अफिसर तथा सेनाको यौनेच्छा पुर्ति गर्न प्रयोग गरिन्थ्यो। त्यस्ता महिलाको संख्या कति थियो भन्ने विषयमा एकमत हुन सकेको छैन् र अझै पनि त्यसमा अनुसन्धान जारी नै छ। जापानीज विज्ञ कमफोर्ट विमेनको संख्या २० हजारको हाराहारीमा रहेको थियो भन्छन् भने चाईनिज विज्ञहरू उक्त संख्या ३ लाख ६० हजार देखि ४ लाख १० हजार सम्म रहेको बताउँछन् । ती महिला जापानले कब्जा गरेका देश( कोरिया, चीन र फिलिपिन्सबाट ल्याइएका थिए । यी क्षेत्रबाहेक महिलालाई वर्मा, थाईल्यान्ड, भियतनाम, मलेसिया, ताईवान, ईन्डोनेशिया, ईस्ट टीमोर र जापानका अधिनमा रहेका मुलुकबाट पनि ल्याईएका थिए। नेदरल्यान्ड तथा अष्ट्रेलियाबाट पनि केही महिलालाई ल्याईएको थियो।
कमफोर्ट स्टेसनहरू जापान, चीन, फिलिपिन्स, ईन्डोनेशिया, मलाया, वर्मा, न्यूगिनी, हङकङ, मकाउमा बनाईएका थिए।
विभिन्न प्रमाणले जनाए जापानको आधिपत्यमा रहेका ठाँउवाट जवान महिलालाई तिनीहरूका घरबाट अपहरण गरेर या कारखाना तथा रेष्टुरेन्टमा काम लगाईदिने भन्दै कमफोर्ट स्टेसनहरूमा लगिन्थ्यो र त्यहाँ लगेर लगातार बलात्कार गरिन्थ्यो। यूद्धको समयमा यस्तो कार्यले सेनाको मनोवल बढ्ने विश्वास राखिन्थ्यो।
हरेक खाले यूद्धमा महिलाहरू यौन हिसांका सिकार बन्ने गरेको यूद्धको इतिहासले देखाएको छ । धेरै जसो अवस्थामा यस्ता घटनालाई पीडित, पीडक तथा सरकारका प्रमुख नेताहरूले लुकाएर राख्ने गरेका थिए र त्यो चलन अझैपनि समाजमा त्यहीनै रहि आएको छ। यूद्ध पछिका ६ दशकपछि पनि धेरै महिलाहरू त्यो घाउँ आफ्नो परिवार र समाजबाट लुकाउने प्रयास गरिरहेका छन्। ती द्वन्द्वका घाउ जति लुकाउन खोजेपनि उनीहरूको जीवनलाई ती घाउले पछ्याउन छोडेको छैन । घृणा, दुःख, वालवालिका विनाको परिचय र असफल विवाहको पीडाले उनीहरूलाई जिवनभर नै सताईरहेको छ।
१९४५ अघि कमफोर्ट विमेनबारे जानकारी नभएको होइन, तर मानिसले त्यस विषयमाथि छलफल गर्न चाहेनन्। कोरियामा भने १९८७ को प्रजातन्त्रपछि ‘कमफोर्ट विमेन’ को वहश खुलारुपमा बाहिर आयो। पछिक जापान र कोरियाको ईतिहासका सम्बन्धमा छलफल हुँदा यो विषयमा निकै ठुलो वहस भयो र विगतमा भएको अपराधका लागि जापानले क्षमा माग्नु पर्ने आवाजले चर्चा पायो। जापान सरकारले क्षतिपुर्ति स्वरुप लाखौं रुपैयाँ र ऋण प्रदान गरेको थियो। १९९४ मा जापान सरकारले ‘एसियन विमेन्स फन्ड’ को स्थापना गरेर साउथ कोरिया, फिलिपिन्स, ताइवान, नेदरल्यान्ड र ईन्डोनेशियाका पुर्व कमफोर्ट विमेनलाई थप क्षतिपुर्ति प्रदान गरेको थियो।
दक्षिण कोरियामा ४६ जना कमफोर्ट विमेन पनि जिवित छन् । ती महिला चाहन्छन की उनीहरूको अस्तित्वलाई स्वीकार गरियोस र अबका आउने दिनमा कुनै पनि महिलाले यौन हिसांको सिकार हुन नपरोस् ।
एजेन्सीहरुको सहयोगमा
Comment Here!