विदुर आचार्य
सिन्धुपाल्चोक । जीवनको चार दशक घर व्यवहार, घाँसदाउरा र मेलमपात गरेर विताएकी साँगाचोककी मीनकुमारी तामाङ अहिले हथौडा र छिनो चलाउँछिन् । चालिस दिने डकर्मी तालिम लिएकी तामाङ भूकम्प प्रतिरोधी संरचना वनाउन सक्षम भएकी हुन् । विहानदेखि घाम रहुन्जेल सामुदायिक भवनमा तालिम लिने र गाउँमा छिमेकीको घर वनाउने काममा सहयोग गर्ने उनको दिनचर्या वनेको छ ।
‘भूकमपले सवैको घर भत्काएको छ, अव घर वनाउन आफै सक्षम हुनुप¥यो नि’, मंगलवार मध्यान्ह रड काट्दै गर्दा भेटिएकी तामाङले भनिन्, ‘अव हाम्रो गाउँका घर वनाउन हामी आफै सक्छौं ।’ डकर्मी पेसा अपनाएपछि भूकम्प पछिको अन्यौलता हटेको उनले सुनाईन् ।
उनीमात्र होईन सागाँचोक पश्चिमी क्षेत्रका १२ जना भन्दा वढी महिला पुननिर्माणका लागि डकर्मी वनेका छन् । प्रत्येक टोलमा एक भन्दा वढी महिला भूकम्प प्रतिरोधी संरचना वनाउन सक्षम वनेका छन् । घर, गृहस्थी चलाउने देखि पढाई सकेर रोजगारीका लागि पर्खिरहेका महिला समेत डकर्मी तालिम लिई बलियो र महिलामैत्री आवास निर्माणमा हांैसिएका छन् । निर्माण कम्पनीकै तयारी भै रहेको केही डकर्मी महिला वताउँछन् ।
उच्च शिक्षा अध्ययन गर्दै गरेकी सागाँचोककी बीस वर्षीया सुनिता माझी डकर्मी पेशावाटै भविष्य राम्रो वनाउने योजनामा छिन् । ‘विकासनिर्माणका काममा पहिलेदेखि नै महिलाको योगदान छ, तर पहिले महिला माटो मुछ्ने, वोक्ने, ढुङ्गा, गिटी, वालुवा वोक्नेमात्र गर्थे’, विगत सम्झँदै उनी भन्छिन्, ‘उत्प्रेरणा र आँट नगरेरमात्र रहेछ, महिला गारो लगाउन पनि सक्षम रहेछन् ।’ सुरक्षित संरचना वनाउन सक्ने भएकाले गाउँका सवै आवास संरचनाहरू महिला र बालबालिकालाई अनुकूल हुनेगरि वनाउन समेत लागि पर्ने उनको योजना छ ।
तीसौं वर्ष मेलापातमा विताएकी लक्ष्मी तामाङलाई महिला चरम हेपिएका र पछि परेको अहिले आभाष भएको छ । ‘एउटै घर वनाउँदा महिलाले ढुङ्गा वोक्न सक्थे, तर गारो लगाउन सक्दैनथे,’ उनी भन्छिन्, ‘नसिकेर र नजानेर न रहेछ, आखिर नसक्ने त होईन रहेछ नी !’
Comment Here!