दृष्टिविहीन महिला झनै पीडित


प्रकाशित मिति :2016-12-21 15:10:25

महिला खबर

सुनसरी । ४८ वर्षीया धरानकी कृष्णकुमारी मगरले २० वर्षको उमेरमा आँखाको ज्योति गुमाइन् । ‘पहाडमा खेतमा काम गर्दागर्दै झयाप्प विजुलीको लाइन गएजस्तै भयो’ उनी स्मरण गर्छिन् । डक्टरलाई देखाएपनि बीसको उन्नाइस भएन । दृष्टिविहीन भएपछि हेलोहोचोदेखि हरेकखाले दुव्र्यवहार खेप्नुपरेको उनको गुनासो छ । ‘आँखै नदेखेपछि समस्या त हुने भइहाल्यो त्यसवाहेक समाजले पनि हेलोहोचो गर्दा चित्त दुख्छ’ मगरले भनिन् ।

सुनसरीको इटहरी उपमहानगरपालिकामा बसोवास गर्ने एक परिवारमा दुई छोरी र दुई छोरा छन् । उनीहरू सवै दृष्टिविहीन छन् । आँखामात्र नदेख्ने होइन उनीहरू मध्ये तीन जना शारीरिक रुपले समेत अपाङग छन् । उनीहरू सवैले दिसापिसाव गर्नदेखि खाना खान, नुहाउन धुन अरुकै सहारा लिनुपर्छ । उनीहरू ११ देखि २६ वर्ष उमेरका छन् । उनीहरूकी आमा मनमाया भन्छिन् “सवैका छोराछोरी हिँड्छन् डुल्छन्, रमाउँछन्, आफ्नो यस्तो हुँदा मन रुन्छ नि ! कसलाई के भन्नु ।’ समाजमा मान्छेहरूले आफ्ना छोराछोरीलाई छि : छि : दुरदुर गर्दा उनको चित्त नमज्जाले कुँडिन्छ । भन्छिन् ‘उनीहरूका छोराछोरीलाई छुनसम्म पनि दिँदैनन्, सर्छ जस्तो गर्छन् कत्ति चित्त दुख्छ ।’

समाजमा धेरै प्रकारले महिला पीडित छँदैछन् त्यसमाथि दृष्टिविहीन महिलाको समस्या झनै वढि भएको महिला तथा बालबालिका संरक्षण मन्चकी अध्यक्ष उमिता विश्वकर्मा बताउँछिन् । दृष्टिविहीन महिलाको समस्या न्यूनिकरणका लागि उनीहरूलाई सीप सिकाएर आत्मनिर्भर वनाउनुपर्ने उनको भनाइ छ । सुनसरी नेत्रहिन संघका अध्यक्ष इन्द्रकुमार लिम्बु दृष्टिविहीन तथा अपांगता भएका महिला अनेक किसिमका हिंसामा पर्दै आएको वताउँछन् । उनीहरूलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने उनले बताए । राज्यले पनि विशेष किसिमका कार्यक्रम सन्चालन गरेर उनीहरूलाई सम्मानित जीवन विताउने वातावरण वनाउनु पर्ने लिम्वूको भनाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: