आत्मनिर्भर बनाउन ब्युटीसियन तालिम


प्रकाशित मिति :2016-12-21 15:29:10

महिला खबर

व्युटीसियन तालिम लिन सहभागीलाई शुभकामना दिँदै घरेलु तथा साना उद्योग विकास समिति रामेछापका बरिष्ठ उद्योग अधिकृत राजेन्द्र श्रेष्ठ

रामेछाप । घरेलु तथा साना उद्योग विकास समिति रामेछापको आयोजनामा ४५ दिने ब्युटीपार्लर सीप विकास तालिम रामेछापको सदरमुकाम मन्थलीमा बुधबारबाट शुरु गरिएको छ ।

टेवा धापाखेल नेपालको समेत साझेदारीमा संचालित उक्त तालिममा जिल्लाका विभिन्न स्थानका १३ महिला तथा किशोरीको सहभागिता रहेको छ । जिल्लामा थोरै मात्रामा रहेका व्युटीपार्लर व्यवसायमा संभावना बढी देखेर र माग भएको आधारमा तालिम संचालन गरिएको बरिष्ठ उद्योग अधिकृत राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । जिल्लामा ब्युटीपार्लरको संख्या कम रहेकाले यसको तालिम दिइ जनशक्ति उत्पादन गरे तालिमको प्रभाव पनि देखिने र महिलाले आम्दानी समेत लिन सक्ने संभावनालाई मध्यनजर गरी तालिम संचालन गरिएको उहाँले जानकारी बताउनुभयो ।

तालिमले आफूलाई ठूलो परिवर्तन गराउने आशाले सहभागी बनेको खिम्तिकी हिरा माझी बताउनुहुन्छ । कस्मेटिक पसल संचालन गरेर बसेकी छु । तालिमपछि व्युटीपार्लर संचालन गर्न समेत सहज हुने आशा आफुले लिएको उहाँले बताउनुभयो । तालिमपछि व्यवसाय गर्न चाहनेहरूका लागि विभिन्न उपकरणलगायतको सहयोग गर्ने घरेलु तथा साना उद्योग विकास समिति रामेछापका बरिष्ठ उद्योग अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । उहाँले तालिमका सहभागीहरूलाई त्यसका लागि समेत योग्य बनेर तयारी रहन आग्रह समेत गर्नुभयो ।

हाल जिल्लामा आधिकारीक रुपमा दर्ता भएका ८ वटा व्युटीपार्लर संचालनमा रहेको घरेलु तथा साना उद्योग विकास समिति रामेछापले जनाएको छ । पछिल्लो समयमा महिलामा आएको आधुनिकताले व्युटीपार्लर व्यावसायको संभावना शहरमामात्र नभएर गाउँमा पनि उतिकै बढ्न थालेपछि त्यसतर्फ युवतीको समेत आकर्षण बढेको छ । आफ्नो समय र श्रम खर्च गरेर थोरै लगानीमा पनि राम्रै कमाइ गर्न सकिने भएपछि यसतर्फ आकर्षण बढेको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: